राष्ट्रपतिको समुपस्थितिमा पद तथा गोपनीयताको शपथ

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ८, २०७६
|
|
२५ पटक हेरिएको
Shares
राष्ट्रपतिको समुपस्थितिमा पद तथा गोपनीयताको शपथ

सारांश

  • काठमाडौँ, ८वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वाेच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।
  • राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा शपथ लिनेमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्मा हुनुहुन्छ ।
  • उहाँहरुमध्ये ढुङ्गाना र माथेमा उच्च अदालतको मुख्य न्यायाधीश हुनुहुन्छ भने रेग्मी, फुँयाल र शर्मा कानून व्यवसायी हुनुहुन्छ ।

काठमाडौँ, ८वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वाेच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा शपथ लिनेमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्मा हुनुहुन्छ । उहाँहरुमध्ये ढुङ्गाना र माथेमा उच्च अदालतको मुख्य न्यायाधीश हुनुहुन्छ भने रेग्मी, फुँयाल र शर्मा कानून व्यवसायी हुनुहुन्छ ।

प्रधानन्यायाधीश राणाले सोही समारोहमा नवनियुक्त प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । उहाँ नेपाल सरकारको सचिव हुनुहुन्थ्यो । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा शान्तराज सुवेदीबाट सोही समारोहमा उक्त आयोगका नवनियुक्त सदस्य विष्णुमाया ओझाले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

नवनियुक्त सदस्य ओझासँग लामो समय अधिकारकर्मीका रुपमा काम गरेको अनुभव छ । राष्ट्रपति भण्डारीले उहाँहरु सातै जनालाई तत् पदमा गत शुक्रबार नियुक्ति गर्नुभएको थियो । सर्वाेच्च अदालतका न्यायाधीश न्याय परिषद्को सिफारिसमा तथा प्रमुख निर्वाचन आयुक्त र राष्ट्रिय समावेशी आयोगका सदस्य संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुनुभएको हो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटवलको सैनामैनामा गोली चल्दा एक भारतीयको मृत्यु
बुटवलको सैनामैनामा गोली चल्दा एक भारतीयको मृत्यु
भक्तपुर १ (क) मा काँग्रेसका भँडेल विजयी
भक्तपुर १ (क) मा काँग्रेसका भँडेल विजयी
उपसभामुखमा कृष्णी थारुको मनोनयन दर्ता
उपसभामुखमा कृष्णी थारुको मनोनयन दर्ता
अष्ट्रेलियाबाट ‘मेगा रेमिट’ सेवा
अष्ट्रेलियाबाट ‘मेगा रेमिट’ सेवा
बलिउडमा ठूलो तरंग ल्याएको ‘मी टू: यी हिराेइनले निर्देशकविरुद्धको केस फिर्ता लिइन्
बलिउडमा ठूलो तरंग ल्याएको ‘मी टू: यी हिराेइनले निर्देशकविरुद्धको केस फिर्ता लिइन्
आईपीएलः बैंगलोरसँग चेन्नई पराजित
आईपीएलः बैंगलोरसँग चेन्नई पराजित
नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद
नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद
कैदीबन्दी कोचाकोचले सरुवा रोग फैलिने डर
कैदीबन्दी कोचाकोचले सरुवा रोग फैलिने डर
हत्यारा पत्ता लगाउनै कठिन, पूर्वराजदूत झाको हत्यारा पत्तै लागेन
हत्यारा पत्ता लगाउनै कठिन, पूर्वराजदूत झाको हत्यारा पत्तै लागेन
संसद सचिवालयको खुलसा : प्रधानमन्त्री ओलीविरुद्ध पुस ५ गते ३ः३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको थियो
संसद सचिवालयको खुलसा : प्रधानमन्त्री ओलीविरुद्ध पुस ५ गते ३ः३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको थियो

तपाईंले छुटाउनुभयो कि?