टानमा भावी नेतृत्वको चर्चा : अध्यक्षमा गोविन्द पन्तको दाबी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
टानमा भावी नेतृत्वको चर्चा : अध्यक्षमा गोविन्द पन्तको दाबी

सारांश

  • काठमाडौं ।
  • टान अर्थात् नेपालको ट्रेकिङ व्यवासायीको छाता संगठन ।
  • विगतका अगुवाहरुको ‘स्वेच्छाचारी’ सञ्चालनका कारण पीडित बनेको वर्तमान र भविष्यलाई जोड्दै यतिबेला टानमा भावी नेतृत्वबारे चर्चा चुलिन थालेको छ ।

काठमाडौं । टान अर्थात् नेपालको ट्रेकिङ व्यवासायीको छाता संगठन । विगतका अगुवाहरुको ‘स्वेच्छाचारी’ सञ्चालनका कारण पीडित बनेको वर्तमान र भविष्यलाई जोड्दै यतिबेला टानमा भावी नेतृत्वबारे चर्चा चुलिन थालेको छ ।

कस्तो टान बनाउने भन्ने कुरा कस्तो नेतृत्व ल्याउने भन्नेले निर्धारण गर्ने हुनाले नेतृत्वबारे समयमै बहस हुनु सर्वथा वाञ्छनीय कुरा पनि हो । अक्टोबर २९ भित्रै नेतृत्व चयन भइसक्ने भनिएको ३९ औं साधारण सभाबाट व्यवसायीहरु कस्तो नेतृत्व छान्न सफल होलान् त ?

चन्द्र रिजालको टिम आएसँगै एनएमएकै जसरी टानको इतिहासमा ‘क्रमभङ्ग’ ल्याएकै हो । धेरैजसो पर्यटन व्यवसायी यो सत्य स्वीकार गर्छन् पनि । नत्र यस अघि आफ्नो पेसा बनाउन र आफू ‘बन्न’ मात्रै टानको नेतृत्वमा आउने र व्यक्तिगत लाभ लिएर टानलाई मर्दाे न गर्दाेको बनाउने परम्पराले गर्दा नेपालको पर्यटन क्षेत्र उद्योगका रुपमा उठ्न सकेन भन्ने पनि धेरैको बुझाइ छ ।

व्यक्ति बन्यो होला, तर उद्योग चाहिँ बनेन नै । तर रिजालको आगमनले विगतको ‘अव्यावसायिक’ परम्पराको अन्त्य भएको दुनियाँले देखेकै सत्य हो । आफ्नो व्यवसाय पनि नभनेर २४ घन्टे भोलेन्टियर बनेका रिजालले सोचेजस्तै धेरै काम गर्न सकेनन् पनि होला । आफ्नै टिममा जितेका ‘साथी’हरुका असहायोगका कारण । यसबारे भोलिका दिनमा सत्य के हो सतहमा आउला नै ।

ठिक यतिबेला, कम्तीमा आफू बन्ने भन्दा पनि टानलाई बनाउने नेतृत्व आउला या नआउला भन्ने चिन्ता असली ट्रेकिङ व्यवसायीमा बढ्दै गएको देखिन्छ । व्यवसायीले सोचेजस्तै भविष्यको ‘सुन्दर, सबल र समृद्ध टान’ बनाउने दाबी गर्छन् युवा पर्यटन व्यावसायी गोविन्द पन्त । उनी आफ्नो ‘ड्रिम प्लान’ सहित फरक ‘भिजन’ दिएर अध्यक्ष पदको दाबी गरिरहेको बताउँछन् ।

अक्टोवर २९ तारिखमा हुन लागेको अधिवेशनमा पन्तले उम्मेद्दारी दिएका हुन । २३ बर्षदेखि पर्यटन क्षेत्रमा रम्दै आएको पन्त दिगो पर्यटन विकासको निम्ति निरन्तर रुपमा लागि परेका छन् ।

नेपालको पर्यटन क्षेत्रलाई गुणस्तरिय बनाउन, टानमा भएको आन्तरिक समस्यालाई निर्मुल गर्न, टिम्स कार्डको समस्यालाई समाधान गर्न, आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालप्रति आकर्षक गराउन र युवाहरुलाई पर्यटन क्षेत्रमा अग्रसर गराउनका लागि उम्मेद्दारी दिएको पन्तले जानकारी दिएका छन् ।

पदयात्रा व्यवसायीहरुको साझा संस्था टानमा विगत केही वर्ष यता जारी गुटबन्दीका कारण मुलुकको पर्वतीय पर्यटनको विकासमा काम गर्न नसकेको भन्दै गुटबन्दीको अन्त गर्दै पर्वतीय पर्यटनको विकासमा टानलाई समर्पित गराउन अध्यक्षमा उम्मेदवारी दिन लागेको उनले बताए ।

उनले मुलुकको आर्थिक सम्बृद्धिका लागि पर्यटन पनि मुख्य आधार स्तम्भ भएको भन्दै पन्तले आर्थिक सम्बृद्धिमा सघाउन पनि पर्वतीय पर्यटनको विकास जरुरी भएको बताए । त्यसका लागि टानको भूमिका महत्वपूर्ण रहनुपर्ने भएपनि टान गतिहिन बनेको पन्तको भनाई छ ।

उनले सबै व्यवसायीहरुसँग सहकार्य गर्दै व्यवसायीक टिम निर्माण गरेर आफु टानको नेतृत्वमा जाने उल्लेख गर्दै पर्वतीय पर्यटनको विकास र टानको संगठनात्मक सुधारमा आफ्नो टिमले टानको इतिहासमै चमत्कारी काम गरेर देखाउने दाबी समेत गरे । पन्तले आफ्नो यो अभियानमा साथ दिन व्यवसायीहरुलाई आग्रह समेत गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?