ट्रम्पद्वारा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बर्खास्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २५, २०७६
|
|
३६ पटक हेरिएको
Shares
ट्रम्पद्वारा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बर्खास्त

सारांश

  • बीबीसी।
  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेका छन्।
  • उनले आफू बोल्टसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्विटमार्फत बताएका छन्।

बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेका छन्।

उनले आफू बोल्टसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्विटमार्फत बताएका छन्।
बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाई सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन्।

उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विदेश मामिलाका चुनौतीका विषयमा राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए। सन् २०१८ यता पदमा रहेका बोल्टन ट्रम्पका तेस्रा सुरक्षा सल्लाहकार हुन।

ट्रम्पले ट्विट गरे लगत्तै बोल्टन ट्विटरमै पछिल्लो घटनाबारे मत राखेका थिए। उनले आफूले राजीनामा बुझाएपछि ’ट्रम्पले त्यसबारे भोलि कुरा गरौँ’ भनेको बताएका छन्।

घटना सार्वजनिक भए लगत्तै बोल्टनले प्रत्यक्ष प्रसारणका क्रममा रहेका फक्स न्यूजका एकजना प्रस्तोतालाई एसएमएस सन्देश पठाउँदै आफूले पदबाट राजीनामा दिएको बताएका थिए।

उनले वासिङ्टन पोस्टका संवाददाता रोबर्ट कोस्टालाई पनि एसएमएस पठाएका थिए। त्यसमा बोल्टनले उचित समयमा आफ्नो भनाई राख्ने र आफ्नो प्रमुख चासो अमेरिकाको राष्ट्रिय सुरक्षा रहेको बताएका थिए।

ह्वाइटहाउसले बीबीसीलाई बताए अनुसार चार्ल्स कुपरम्यानले कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी सम्हाल्ने छन्। उनी बोल्टनका सहायकका रूपमा कार्यरत थिए।

सुत्रहरुका अनुसार राष्ट्रपतिलाई सल्लाह दिने राष्ट्रिय सुरक्षा परिषद, ह्वाइटहाउस भित्र छुट्टै संस्था बनेको थियो। बोल्टन बैठकहरूमा सहभागी नहुने र आफूले गरेका पहललाई मात्र पच्छ्याउने गरेका थिए।

बोल्टनको आफ्नै कुरा मात्र लागु हुनुपर्छ भन्ने किसिमको अडानले ट्रम्पसहित राष्ट्रपति कार्यालयका धेरैलाई क्रुद्ध बनाएको थियो।

विदेश नीतिका विज्ञ बोल्टन ट्रम्पले इरानविरुद्ध अपनाएको कडा रवैयाका प्रमुख योजनाकार थिए। ट्रम्पले तेहरानका नेताहरूसँग छलफल गर्न चाहेको भन्ने विषयको बोल्टनले विरोध जनाएका थिए।

अमेरिकाका पूर्व राष्ट्रिय सल्लाहकारले उत्तर कोरिया, रुस र अफगानिस्तानसँग पनि अमेरिका कडा रूपमा प्रस्तुत हुनुपर्ने पहल गर्दै आएका थिए।

बोल्टनका कारण गत फेब्रुअरीमा उत्तर कोरियासँग परमाणु निःशस्त्रीकरण सम्बन्धी शिखर वार्ता सफल हुन नसकेको अमेरिकी अधिकारीहरू बताउँछन्।

उनले तालिबानसँग अमेरिकाले गरेको शान्तिवार्ताको समेत विरोध गरेका थिए जुन हालसालै मात्र ट्रम्पले रद्द गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजसंस्थासहितको लोकतन्त्र वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिकः अध्यक्ष थापा
राजसंस्थासहितको लोकतन्त्र वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिकः अध्यक्ष थापा
छुट्टाछुट्टै दुर्घटना दुईको मृत्यु, एक घाइते
छुट्टाछुट्टै दुर्घटना दुईको मृत्यु, एक घाइते
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्यः तत्काल कार्यान्वयन गर्नुपर्छ
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्यः तत्काल कार्यान्वयन गर्नुपर्छ
एकै प्रकृतिका कार्यालय एकीकृत गर्न माग
एकै प्रकृतिका कार्यालय एकीकृत गर्न माग
एसडी मुनीको डिजाइनमा बनेको बाबुराम उपेन्द्र एकता धरापमा
एसडी मुनीको डिजाइनमा बनेको बाबुराम उपेन्द्र एकता धरापमा
Tips on how to Secure Organization Software
विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड २५ लाख नाघ्यो
मकवानपुरमा तीन वटा सवारी ठोक्किए, ६ जनाको अवस्था गम्भीर
मकवानपुरमा तीन वटा सवारी ठोक्किए, ६ जनाको अवस्था गम्भीर
आठ वर्ष देखि मृत मालिकको पर्खाइमा यो कुकुर
आठ वर्ष देखि मृत मालिकको पर्खाइमा यो कुकुर
भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई शुभकामना
भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई शुभकामना