टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०८०
|
|
३१ पटक हेरिएको
Shares
टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

सारांश

  • काठमाडौं।
  • नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन्।
  • नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका सन्दीप बुटवलबाट पक्राउ परेका हुन् ।

काठमाडौं। नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन्।

नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका सन्दीप बुटवलबाट पक्राउ परेका हुन् । बुधबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा बुधबार काठमाडौं प्रहरीले पूर्वमन्त्रीसमेत रहेका टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ।

बुधबार पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोरा र थापाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेलाई अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोमलालको राजीनामापछि को बन्दैछन् नयाँ मुख्यसचिव ?
सोमलालको राजीनामापछि को बन्दैछन् नयाँ मुख्यसचिव ?
छोरी जन्मने बित्तिकै खातामा पाँच हजार
छोरी जन्मने बित्तिकै खातामा पाँच हजार
तीन उद्योग बन्द गर्न निर्देशन
तीन उद्योग बन्द गर्न निर्देशन
तीन तहकाे चुनावबाट काङ्ग्रेसकाे सिद्धन्त विजयी : सभापति देउवा
यसरी मिल्यो एमाले र माओवादी केन्द्रबीच ४३ सिटको भागवण्डा, १३ सिट अरुलाई बाँकी (सूचीसहित)
यसरी मिल्यो एमाले र माओवादी केन्द्रबीच ४३ सिटको भागवण्डा, १३ सिट अरुलाई बाँकी (सूचीसहित)
महायज्ञमा साढे दुई करोड रुपैयाँ बराबरको दान
प्रकृति, संस्कृति र धार्मिकताको आकर्षण स्वर्गद्वारी
प्रकृति, संस्कृति र धार्मिकताको आकर्षण स्वर्गद्वारी
ओलीको नाम देखाएरै जनतासँग भोट मागिएकाले महाधिवेशन अगाडी दुवै पदबाट राजीनामा दिन मिल्दैनः उपप्रधानमन्त्री पोखरेल
ओलीको नाम देखाएरै जनतासँग भोट मागिएकाले महाधिवेशन अगाडी दुवै पदबाट राजीनामा दिन मिल्दैनः उपप्रधानमन्त्री पोखरेल
Steer Clear Of That With all your Russian Deliver Order Better half
शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजियो : अध्यक्ष ओली
शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजियो : अध्यक्ष ओली

तपाईंले छुटाउनुभयो कि?