पप्पु कन्स्ट्रक्सनविरुद्ध नेकपाको यस्तो ‘एक्सन’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
३७ पटक हेरिएको
Shares
पप्पु कन्स्ट्रक्सनविरुद्ध नेकपाको यस्तो ‘एक्सन’

सारांश

  • काठमाडौं, १२ भदाै ।
  •  देशभरका निर्माणको ठेक्का लिएर काम नगरेपछि बदनाम बनेको पप्पु कन्स्ट्रक्सनको बिरोधमा सोमबार रौतहट सदरमुकाम गौरमा जुलुस निकालिएको छ ।
  • पुल निर्माणको काम समयमै नसक्ने ठेकेदारलाई कारवाही गर्न माग गर्दै सडकमा उत्रिएका स्थानीयले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

काठमाडौं, १२ भदाै । देशभरका निर्माणको ठेक्का लिएर काम नगरेपछि बदनाम बनेको पप्पु कन्स्ट्रक्सनको बिरोधमा सोमबार रौतहट सदरमुकाम गौरमा जुलुस निकालिएको छ । पुल निर्माणको काम समयमै नसक्ने ठेकेदारलाई कारवाही गर्न माग गर्दै सडकमा उत्रिएका स्थानीयले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

ठेकेदारको लापरवाहीले पुल समयमा नबन्दा भएको डुंगा दुर्घटनामा सर्वसाधरणको ज्यान गएको भन्दै गौरमा नेपाल कम्युनिस्ट पार्टीको अगुवाइमा जुलुस निकालिएको हो । शनिवार साँझ गौर–४ स्थित लालबकैया नदीको टिकुलियाघाटमा निर्माण हुँदै गरेको पक्की पुलको पिलरमा ठोक्किएर डुंगा दुर्घटना भएको थियो । दुर्घटनापछि २९ जना भन्दा धेरै डुबेका थिए । जसमा तीनजनाको शव भेटिएको छ भने अन्य दुईजना अझै बेपत्ता छन् । अधिकांश यात्रु पौडिएर बाँच्न सफल भएका थिए ।

पीडित परिवारलाई राहत र सम्झौता अनुसार समयमा काम नसक्ने ठेकेदारलाई कडा कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइएको हो ।बागमती र लालबकैयामा चल्ने जीर्ण डुंगा तालिम नलिएका चालकहरुले चलाउने गरेको, सम्भावित दुर्घटना रोक्न न्यूनतम् सुरक्षाको समेत ख्याल नगरेको, डुंगाको अनुगमनमासमेत स्थानीय प्रशासनले चासो नदिएको गुनासोसहित ज्ञापनपत्र बुझाइएको नेकपाका नेता शम्भु साहले बताए ।

घटनापछि राहत र क्षतिपूर्तिको कुरा भन्दा घटना हुन नदिनेतर्फ ध्यान दिन प्रदर्शनमा उत्रिएका गौरबासीहरुले आग्रह गरेका छन् । २०७४ असार २५ भित्र त्यो पुल निर्माण गरी सक्नुपर्ने थियो । तर हालसम्म पिलर मात्रै गाडिएको छ । निर्माणको ठेक्का पाएको पप्पु कन्ट्रक्सनको ढिलासुस्तीका कारण जोखिम मोलेर लालबकैया नदी तर्न स्थानीयबासी बाध्य छन् ।

२०७१ साल असार २६ उक्त पुलको निर्माणका लागि पप्पु कन्सट्रक्सनले सम्झौता गरेको थियो । निमार्ण हुँदै गरेको उक्त पुल दुई सय ४२ मिटर लामो छ भने ७ वटा स्पर रहेका छन् । निर्माणको ठेक्का पप्पु कन्ट्रक्सनले १४ करोड ९३ लाख २७ हजार एकसय पचास रुपैयाँमा लिएको थियो । ठेकेदारले पुल निर्माणमा लापरबाही गरेपछि सडक डिभिजन कार्यालयले २०७४ माघ २९ गते यता सम्झौता अनुसार काम गर्न भन्दै पटक पटक पत्राचार गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुम बैठकमा पर्यटनमन्त्री योगेश भट्टराई बोल्दै गर्दा बज्यो पोर्न भिडियो
जुम बैठकमा पर्यटनमन्त्री योगेश भट्टराई बोल्दै गर्दा बज्यो पोर्न भिडियो
नयाँ गृहमन्त्री आएलगत्तै सशस्त्रले माग्यो संगठन सुधारको कार्ययोजना
नयाँ गृहमन्त्री आएलगत्तै सशस्त्रले माग्यो संगठन सुधारको कार्ययोजना
प्रदेश संयोजक भीम आचार्य सम्पर्कविहीन,  सुनसरी एमालेमा भाँडभैलो !
प्रदेश संयोजक भीम आचार्य सम्पर्कविहीन, सुनसरी एमालेमा भाँडभैलो !
प्रहरीलाई दुर्घटना, अपराधबारे जानकारी दिन १०० मा एसएमएस
यु १९ एसिया कप : भारतविरुद्ध नेपालको ऐतिहासिक जित
यु १९ एसिया कप : भारतविरुद्ध नेपालको ऐतिहासिक जित
राहदानीमा गम्भीर लापर्वाही, जिल्लै फरक-राष्ट्रियता तिब्बतीयन
राहदानीमा गम्भीर लापर्वाही, जिल्लै फरक-राष्ट्रियता तिब्बतीयन
काँग्रेसद्वारा आज १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन
काँग्रेसद्वारा आज १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन
भरतपुर महानगरपालिकाको ५ नम्बर वडा कार्यालयमा बम विस्फोट
भरतपुर महानगरपालिकाको ५ नम्बर वडा कार्यालयमा बम विस्फोट
म्याग्दीमा  थपिए चार हजार मतदाता
म्याग्दीमा थपिए चार हजार मतदाता
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रधानमन्त्री ओली प्रत्यक्ष संलग्न रहेको घिमिरेको खुलासा
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रधानमन्त्री ओली प्रत्यक्ष संलग्न रहेको घिमिरेको खुलासा

तपाईंले छुटाउनुभयो कि?