तीन तलाक दिने पति पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
तीन तलाक दिने पति पक्राउ

सारांश

  • भोपाल, भारत, ८ कात्तिक ।
  • भारतको मध्यप्रदेशमा एक व्यक्तिलाई तीन तलाक दिएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
  • केन्द्र सरकारले मुस्लिम समुदायमा सम्बन्ध बिच्छेदका लागि प्रयोग हुने “तीन तलाक” लाई प्रतिबन्ध लगाउने कानुन पारित गरेको एक महिनापछि नै यस्तो घटना भएको हो ।

भोपाल, भारत, ८ कात्तिक । भारतको मध्यप्रदेशमा एक व्यक्तिलाई तीन तलाक दिएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । केन्द्र सरकारले मुस्लिम समुदायमा सम्बन्ध बिच्छेदका लागि प्रयोग हुने “तीन तलाक” लाई प्रतिबन्ध लगाउने कानुन पारित गरेको एक महिनापछि नै यस्तो घटना भएको हो । मेघनगर प्रहरी स्टेशनका अनुसार आरिफ हुसेन विरुद्ध नयाँ मुस्लिम महिला (विवाहको हक संरक्षण) अध्यादेश २०१८ बमोजिम मुद्दा दर्ता गरिएको छ ।

मेघनगरको शेरवानी मोल्लाकी स्थायी बासिन्दा सल्मा बानोले आरिफसँग १० वर्ष पहिले विवाह गर्नुभएको थियो । यो दम्पतीका दुईजना बच्चा पनि छन् । बानोको उजूरीका आधारमा प्रहरीले आरिफलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बानोले आफू धेरै मोटाएको भन्दै पतिले तलाक (सम्बन्ध बिच्छेद) दिएको बताएका छन् । धेरै मोटाएको भन्दै आफूमाथि पटकपटक दुव्र्यवहार र कुटपिट गर्ने गरेको उनको आरोप छ । “तीन पटक तलाक दिएपछि बाध्य भएर मैले प्रहरीमा उजूरी दिएकी हुँ,” बानोले भने ।

(https://www.controleng.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?