निर्मलाले लगाएको लुगा किन जलाइयो!

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०७५
|
|
३० पटक हेरिएको
Shares
निर्मलाले लगाएको लुगा किन जलाइयो!

सारांश

  • गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा प्रहरी प्रशासनको गम्भीर लापरवाही भेटिएको स्वीकार गर्दै जोसुकै दोषी पाइए पनि कारवाही गर्ने प्रतिबद्धता जनाएका छन्।
  • प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री थापाले निर्मला हत्याकाण्डका दोषीको पहिचान गर्न केही समय धैर्य गर्नुपर्ने बताए।
  • समितिमा सत्तारुढ नेकपाका सांसद झपट रावल, रेखा शर्मा, विजय सुब्बा, प्रमुख प्रतिपक्षी कांग्रेसका अमरेशकुमार सिंहलगायत सांसदले निर्मला हत्याकाण्डमा प्रहरी प्रशासनले नै प्रमाण नष्ट गर्ने र दोषी उम्काउने भूमिका खेलेको भन्दै गृहमन्त्री थापासँग असन्तुष्टि जनाएका थिए।

गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा प्रहरी प्रशासनको गम्भीर लापरवाही भेटिएको स्वीकार गर्दै जोसुकै दोषी पाइए पनि कारवाही गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री थापाले निर्मला हत्याकाण्डका दोषीको पहिचान गर्न केही समय धैर्य गर्नुपर्ने बताए। समितिमा सत्तारुढ नेकपाका सांसद झपट रावल, रेखा शर्मा, विजय सुब्बा, प्रमुख प्रतिपक्षी कांग्रेसका अमरेशकुमार सिंहलगायत सांसदले निर्मला हत्याकाण्डमा प्रहरी प्रशासनले नै प्रमाण नष्ट गर्ने र दोषी उम्काउने भूमिका खेलेको भन्दै गृहमन्त्री थापासँग असन्तुष्टि जनाएका थिए।

जवाफमा गृहमन्त्री थापाले प्रहरी प्रशासनको कमजोरी स्वीकार गरे। ‘११ गते नै निर्मलाका बुवाको औंठाछापसहित मुचुल्का उठाइएको रहेछ’, उनले भने, ‘जबकि निर्मालाका बुवा भोलिपल्ट १२ गते मात्र भारतबाट नेपाल फर्केका रहेछन्।’ यस्तै निर्मलाले लगाएको लुगा सुरक्षित गर्नुको साटो जलाइनु पनि गम्भीर कमजोरी भएको उनले स्वीकार गरे।

‘यस्तो घटनामा त लुगा सुरक्षित राख्नुपर्ने हो’, उनले भने, ‘त्यहाँ त मृतकले लगाएको लुगा जलाउन लगाइएको रहेछ।’ साउन १० गते साथीको घरबाट फर्केपछि हराएकी निर्मलाको साउन ११ गते शव फेला परेको थियो।

आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचारको  आरोपमा पक्राउ परेका चूडामणि शर्माको मुद्दालाई यथास्थितिमा राख्न विशेष अदालतद्वारा आदेश
भ्रष्टाचारको आरोपमा पक्राउ परेका चूडामणि शर्माको मुद्दालाई यथास्थितिमा राख्न विशेष अदालतद्वारा आदेश
मोदीको बायोपिकलाई पहिलो दिन मात्रै २ करोड
मोदीको बायोपिकलाई पहिलो दिन मात्रै २ करोड
समानुपातिक परिणाम : पाँच एमाले र दुई प्रदेशमा कांग्रेस अगाडि
समानुपातिक परिणाम : पाँच एमाले र दुई प्रदेशमा कांग्रेस अगाडि
‘द रक’ यस वर्ष पनि सबैभन्दा महँगा कलाकार
‘द रक’ यस वर्ष पनि सबैभन्दा महँगा कलाकार
१५ लाख मूल्य बराबरको जग्गादान
१५ लाख मूल्य बराबरको जग्गादान
युभेन्ट्सका तीन स्टार खेलाडी टिम बाहिर!
युभेन्ट्सका तीन स्टार खेलाडी टिम बाहिर!
आयुक्तविरुद्ध महाभियोगको तयारी छैन : एमाले
आयुक्तविरुद्ध महाभियोगको तयारी छैन : एमाले
नेपालको पहिलो आठ लेन कोटेश्वर–कलङ्की सडक निर्माण अन्तिम चरणमा !
नेपालको पहिलो आठ लेन कोटेश्वर–कलङ्की सडक निर्माण अन्तिम चरणमा !
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाइनु हुन्न : नेता रायमाझी
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाइनु हुन्न : नेता रायमाझी
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?