१५ लाख मूल्य बराबरको जग्गादान

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ९, २०७४
|
|
१९ पटक हेरिएको
Shares
१५ लाख मूल्य बराबरको जग्गादान

सारांश

  • मंगलबारे, इलाम, ९ पुस, इलाम नगरपालिका–९ का गोविन्द मैनालीले रु १५ लाख मूल्य पर्ने जग्गा एक खानेपानी उपभोक्ता समितिलाई दान गर्नुभएको छ ।
  • पिउने पानीको अभावमा असहज जीवन बिताइरहेका इनपा–९ भञ्ज्याङमुनिको बस्तीमा पिउने पानीको व्यवस्थापन गर्न उहाँले जग्गा दान गर्नुभएको हो ।
  • स्थानीय ढोडेनी भञ्ज्याङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई तीन आना जग्गादान गरेको मैनालीले बताउनुभयो ।

मंगलबारे, इलाम, ९ पुस, इलाम नगरपालिका–९ का गोविन्द मैनालीले रु १५ लाख मूल्य पर्ने जग्गा एक खानेपानी उपभोक्ता समितिलाई दान गर्नुभएको छ ।

पिउने पानीको अभावमा असहज जीवन बिताइरहेका इनपा–९ भञ्ज्याङमुनिको बस्तीमा पिउने पानीको व्यवस्थापन गर्न उहाँले जग्गा दान गर्नुभएको हो ।

स्थानीय ढोडेनी भञ्ज्याङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई तीन आना जग्गादान गरेको मैनालीले बताउनुभयो । समितिका सल्लाहकार किशोर कार्कीले रु १५ लाख मूल्य बराबरको जग्गादान गरेको बताउनुभयो ।

उहाँले मालपोत कार्यालयमार्फत समितिको नाममा सो जग्गा पास गरिसक्नुभएको छ । आफ्ना दिवंगत मातापिता चन्द्रकला र जयप्रसाद मैनालीको स्मृतिमा सो पुण्यको काम गरिएको गोविन्दले बताउनुभयो ।

सो जग्गामा समितिले पिउनेपानीको ट्यांकी निर्माण गर्ने समितिका अध्यक्ष होमबहादुर गौतमले बताउनुभयो । पिउने पानी आयोजना सम्पन्न भइसक्दा सो क्षेत्रका अन्दाजी ४०० जना लाभान्वित हुनेछन् ।

मैनालीले हत्याको आरोपमा बिनाकसुर जापानको जेलमा १४ वर्ष बिताउनुभएको थियो । चौध वर्षपछि जापानको उच्च अदालतले मैनालीलाई बेकसुर सावित गरी क्षतिपूर्तिको रकम भराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?