निर्मला हत्याकाण्ड सयजना भन्दा बढीसँग सोधपुछ, अझै पत्ता लागेन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको नयाँ टोलीले अनुसन्धान थालेको दुई साता भएको छ।
  • प्रहरीले निर्मलाको बलात्कार र हत्या कुन ठाउँमा भयो र हत्यामा कतिजना संलग्न थिए भन्नेबारे कुनै तथ्य फेला पार्न सकेको छैन।
  • कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले आफूले अनुसन्धान क्रममा सयजना भन्दा बढीसँग सोधपुछ गरेको बताएका छन्।

निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको नयाँ टोलीले अनुसन्धान थालेको दुई साता भएको छ। प्रहरीले निर्मलाको बलात्कार र हत्या कुन ठाउँमा भयो र हत्यामा कतिजना संलग्न थिए भन्नेबारे कुनै तथ्य फेला पार्न सकेको छैन। कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले आफूले अनुसन्धान क्रममा सयजना भन्दा बढीसँग सोधपुछ गरेको बताएका छन्।

‘शंकास्पद कतिपयलाई कागज गराएर छाडेका छौं, कतिलाई सामान्य सोधपुछ गरेर छाडेका छौं,’ उनले भने, ‘शंकास्पद सबैमाथि सबै कोणबाट अनुसन्धान गरिरहेका छौं।’ अहिलेसम्म कुनै ठोस तथ्य खुल्न नसकेको उनले बताए । निर्मलाको शव साउन ११ गते भेटिएको थियो। घटना भएको एक महिनाभन्दा बढी भइसकेको छ।

यस अवधिमा धेरै प्रमाण नष्ट भइसकेकाले अनुसन्धानमा जटिलता उत्पन्न भएको उनको भनाइ छ। ‘हामीले वास्तविक घटनास्थल नै हेर्न पाएनौं, कतिजनाले कुल्चे होलान्, कति पानी बग्यो, एक महिना ढिलो हुँदा अनुसन्धान गर्न गाह्रो भएको छ,’ उनले भने। सोधपुछमा रोशनी बम दिदी बहिनीबाट पनि अहिलेसम्म कुनै कुरा खुलेको छैन।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी
नेकपा सचिवालय बैठक बालुवाटारमा जारी
ढलको पानीमा कोरोना भाइरसको अंश भेटिएपनि सर्दैन-स्वास्थ्य मन्त्रालय
ढलको पानीमा कोरोना भाइरसको अंश भेटिएपनि सर्दैन-स्वास्थ्य मन्त्रालय
धनकुटाको पक्षमा प्रधानमन्त्री निवासमा धर्ना
निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको जोड
निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको जोड
सौगातले प्रियंकालाई किन ‘आइ एम सरी’ भने ? (भिडियोसहित)
सौगातले प्रियंकालाई किन ‘आइ एम सरी’ भने ? (भिडियोसहित)
निर्मलाको हत्यारा पत्ता लगाउन प्रधानमन्त्री ओलीलाई डा. भट्टराईको सुझाव
निर्मलाको हत्यारा पत्ता लगाउन प्रधानमन्त्री ओलीलाई डा. भट्टराईको सुझाव
राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन
राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन
उत्तर कोरियाद्वारा लामो दुरीको व्यालेस्टिक मिसाइल परीक्षण
उत्तर कोरियाद्वारा लामो दुरीको व्यालेस्टिक मिसाइल परीक्षण
अन्तरराष्ट्रिय विमानस्थलको क्षमता बढाइँदै
अन्तरराष्ट्रिय विमानस्थलको क्षमता बढाइँदै
संसदीय समितिमा सदस्य हेरफेर, प्रचण्ड र लामिछाने राज्य व्यवस्थामा
संसदीय समितिमा सदस्य हेरफेर, प्रचण्ड र लामिछाने राज्य व्यवस्थामा

तपाईंले छुटाउनुभयो कि?