पेट्रोलियम पदार्थको मूल्य घट्यो
सारांश
- काठमाडौं ।
- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
- आइतबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको हो ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।आइतबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले घटाएको छ भने हवाई इन्धन (आन्तरिक) मा २० रूपैयाँ मूल्य घटाइएको जनाएको छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ भएको छ ।
त्यस्तै हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १७० रूपैयाँ कायम भएको छ । एलपी ग्यासको मूल्य भने एक हजार ८ सय रूपैयाँ यथावत नै रहेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया