राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १२, २०८०
|
|
१६ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् ।
  • राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् ।

राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले उक्त क्षेत्रको जानकारी गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?