नेकपामा यी चार नेतालाई दिइयो जिम्मेवारी- नेम्वाङ, शर्मा, गुरुङ र चौधरी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
नेकपामा यी चार नेतालाई दिइयो जिम्मेवारी- नेम्वाङ, शर्मा, गुरुङ र चौधरी

सारांश

  • काठमाडौं, १३ जेठ- नेपाल कम्युनिस्ट पार्टीमा चारजना नेताहरुलाई कामको जिम्मेवारी तोकिएको छ ।
  • नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र राष्ट्रिय सभा संसदीय दलमा नेताहरूको कामको जिम्मेवारीको टुंगो लगाएका हुन् ।
  • प्रतिनिधिसभाका उप-नेताको जिम्मेवारी सुवास नेम्वाङलाई दिइएको छ ।

काठमाडौं, १३ जेठ- नेपाल कम्युनिस्ट पार्टीमा चारजना नेताहरुलाई कामको जिम्मेवारी तोकिएको छ । नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र राष्ट्रिय सभा संसदीय दलमा नेताहरूको कामको जिम्मेवारीको टुंगो लगाएका हुन् ।

प्रतिनिधिसभाका उप-नेताको जिम्मेवारी सुवास नेम्वाङलाई दिइएको छ । त्यसैगरी राष्ट्रिय सभा संसदीय दलको नेता दीनानाथ शर्मालाई बनाउने सहमति भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा चार पदमा विघटित एमाले र माओवादी केन्द्रबाट दुई–दुईजनालाई जिम्मेवारी दिने सहमति भएको हो । नेकपा संसदीय दलको नेतामा प्रधानमन्त्री ओली यस अघि नै चयन भइसकेका छन् ।

त्यसैगरी प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा देव गुरुङ र सचेतकमा शान्ता चौधरीलाई जिम्मेवारी दिने भएको छ । त्यसैगरी नेकपाको संसदीय दलको विधान, नियमावलीका लागि काम भैरहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Bishwanath Gyawali

    धेरै राम्रो !

    Comment Author

    JN Marasini

    La khusi lagyo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?