जनताको आशा बचाउन गम्भीर भएर काम गर्नुपर्छ : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०८०
|
|
२५ पटक हेरिएको
Shares
जनताको आशा बचाउन गम्भीर भएर काम गर्नुपर्छ : प्रधानमन्त्री

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आशा बचाउन गम्भीर भएर काम गर्नुपर्ने बताएका छन् ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित छलफलका क्रममा उनले आगामी वर्षको नीति कार्यक्रम र बजेट निर्माण प्रक्रियामा गुणात्मक परिवर्तन गरिने उल्लेख गरेका छन् ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आशा बचाउन गम्भीर भएर काम गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित छलफलका क्रममा उनले आगामी वर्षको नीति कार्यक्रम र बजेट निर्माण प्रक्रियामा गुणात्मक परिवर्तन गरिने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री दाहालले जिम्मेवार निकायले प्रधानमन्त्रीको निर्देशनलाई पालना गर्नुको कुनै विकल्प नभएको बताए । “हाम्रो जिम्मेवारी राष्ट्र बनाउनु छ, जनताको आशा बचाउन पनि हामीले गम्भीररूपमा काम गर्नुपर्छ”, उनले भने, “यतातर्फ गम्भीरतापूर्वक सोच्नुहोला, हामीले काम गर्न सक्दैनौँ भने ठाउँ ओगटिरहन जरूरी छैन, यसमा प्रष्ट हुनुहोला ।”

आफूले देशवासीका नाममा गरेको सम्बोधन सरकारको आगामी वर्षको मार्गचित्र भएको प्रधानमन्त्री दाहालले बताए । देशवासीका नाममा हालै गरेको सम्बोधन अक्षरशः लागू गरिने उनको भनाइ थियो । अब कामका आधारमा मन्त्री तथा कर्मचारीको मूल्याङ्कन गरिने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “म अलि उदार भएँ, मन्त्रालयलाई सहज छाडिदिएँ र काम कम भयो कि भन्ने समीक्षामा पनि छु । देशवासीका नाममा भएको सम्बोधनका क्रममा व्यक्त विषयलाई आत्मसात् गर्नुहोला ।”

प्रधानमन्त्री दाहालले आजै आफूले प्रधानमन्त्री कार्यालयको पुनःसंरचना गर्ने उद्घोष गर्दै अन्य काम पनि क्रमशः अगाडि बढ्ने बताए । सरकारको काममा प्रभावकारिता ल्याउन मन्त्रालयगत छलफल थालेको उल्लेख गर्दै उनले जनताका लागि अझ राम्रो काम गर्ने सङ्कल्पका साथ छलफल प्रारम्भ गरिएको बताए । “मन्त्रालयले राम्रो काम गरेनन् भने सरकार र प्रधानमन्त्रीलाई आरोप आउँछन्, यसमा सचेत हुनुहोला”, उनले भने ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडकको निर्माण कार्यलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको, नागढुङ्गा सुरूङमार्ग निर्माणको काम अपेक्षित गतिमा अगाडि बढेको, हुम्ला सदरमुकाम सिमकोटसम्म सडक विस्तार र कालोपत्र गर्ने प्रक्रियालाई प्राथमिकता दिइएको बताए । जुनसुकै विकल्पमा गएर भए पनि निर्माण व्यवसायीको पुरानो भुक्तानी टुङ्गो लगाउनुपर्ने उनको भनाइ छ ।

मन्त्री ज्वालाले स्रोत सुनिश्चिततामा लचिलो प्रक्रिया अपनाउनुपर्ने, राष्ट्रिय गौरवका आयोजनामा बजेटको कमी नहुने गरी कार्यक्रम तर्जुमा गर्नुपर्ने, भौतिक पूर्वाधारका निम्ति देखापर्ने समस्या सम्बोधनका निम्ति छाता कानुन वा उच्चस्तरीय संयन्त्र आवश्यक रहेकामा जोड दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रष्ेठले विकास ऐन तर्जुमालाई उच्च प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरेका छन् । मुख्यसचिव डा बैकुण्ठ अर्यालले निर्माण व्यवसायीको बाँकी भुक्तानीको सहजीकरणका निम्ति आवश्यक काम भइरहेको तथा सडक पुलको बजेटमा दायित्वको दबाब बढिरहेको बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले मन्त्रालयमार्फत प्रदान गरिने सेवाप्रवाहका निम्ति आवश्यक पर्ने ऐनको मस्यौदा तयार गरिएको उल्लेख गर्दै सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरणको अवधारणाअन्तर्गत नियमावलीको मस्यौदाको काम भइरहेको जानकारी गराए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Fake Mail

    I just like the helpful information you provide in your articles

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Share Docs Online and just how it can be used to benefit your organisation
‘तेरा घाटा…’ गायक गजेन्द्र वर्माको कन्सर्ट नेपालमा हुदैँ
‘तेरा घाटा…’ गायक गजेन्द्र वर्माको कन्सर्ट नेपालमा हुदैँ
मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल
मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री भेट्न ग्राण्डी पुगे प्रचण्ड
प्रधानमन्त्री भेट्न ग्राण्डी पुगे प्रचण्ड
गुल्मी-२ मा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा: विष्टलाई भोट बाँडिने डर, झाँक्रीलाई गठबन्धनकै भर
गुल्मी-२ मा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा: विष्टलाई भोट बाँडिने डर, झाँक्रीलाई गठबन्धनकै भर
नेकपामा प्रचण्डको नीति र रणनीति हावी
नेकपामा प्रचण्डको नीति र रणनीति हावी
दसैंमा नयाँ बस थपेनन्, ५ गतेदेखि १४ स्थानमा टिकट बुकिङ खुल्ने
दसैंमा नयाँ बस थपेनन्, ५ गतेदेखि १४ स्थानमा टिकट बुकिङ खुल्ने
राष्ट्रियसभा उपनिर्वाचनमा बादलले दिए एमालेबाट उम्मेद्वारी
राष्ट्रियसभा उपनिर्वाचनमा बादलले दिए एमालेबाट उम्मेद्वारी
सिक्टा सिचाई आयोजना भ्रष्टाचारमा जेल परेका पूर्वमन्त्री धरौटीमा रिहा
सिक्टा सिचाई आयोजना भ्रष्टाचारमा जेल परेका पूर्वमन्त्री धरौटीमा रिहा
बामदेवले आफूसहित प्रचण्ड, माधव र झलनाथको समुह मजबुत रहेको भनेपछि
बामदेवले आफूसहित प्रचण्ड, माधव र झलनाथको समुह मजबुत रहेको भनेपछि

तपाईंले छुटाउनुभयो कि?