पूर्वराजा ज्ञानेन्द्र शाहको प्रयास असफल भएकै हाे त ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २, २०७५
|
|
२१ पटक हेरिएको
Shares
पूर्वराजा ज्ञानेन्द्र शाहको प्रयास असफल भएकै हाे त ?

सारांश

  • काठमाडाै, २ असार ।
  • कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा नेतृत्वकाृ राप्रपा (प्रजातान्त्रिक) ले पार्टी एकताका लागि वार्ता समिति गठन गरेपनि दुई पार्टीबीच एकताको सम्भावना अझै देखिएको छैन।
  • निराशलाग्दो चुनावी परिणाम र पूर्वराजा ज्ञानेन्द्र शाहको प्रेरणापछि दुबै पार्टीले एकता प्रयास सुरु गरेका थिए।

काठमाडाै, २ असार । कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा नेतृत्वकाृ राप्रपा (प्रजातान्त्रिक) ले पार्टी एकताका लागि वार्ता समिति गठन गरेपनि दुई पार्टीबीच एकताको सम्भावना अझै देखिएको छैन।

निराशलाग्दो चुनावी परिणाम र पूर्वराजा ज्ञानेन्द्र शाहको प्रेरणापछि दुबै पार्टीले एकता प्रयास सुरु गरेका थिए।

त्यसक्रममा थापा नेतृत्वको राप्रपाले बुद्धिमान तामाङको संयोजकत्वमा टंक ढकाल र राजेन्द्र लिङदेन रहेको वार्ता समिति निर्माण गरेको छ भने राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) ले दीपक बोहोराको संयोजकत्वमा बिक्रम पाण्डे, सुनिलबहादुर थापा र ठाकुरप्रसाद शर्मा नेतृत्वको समिति निर्माण गरेको छ।

थापामाथि दबाब
बीरगञ्जमा ६-९ जेठमा भएको केन्द्रीय परिषद् बैठकलगत्तै राप्रपाले पार्टी एकताका लागि तामाङको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो। बीरगञ्जमा आयोजित केन्द्रीय परिषद बैठकमा थापाले एकताका लागि आवस्यक पर्छ भने आफू अध्यक्ष छोड्नसमेत तयार रहेको बताएका थिए।

हिन्दू राष्ट्र र राजतन्त्र पुनस्र्थापनाको लक्ष्य प्राप्त नहोउन्जेल अन्य कुरा गौण हुने भन्दै थापाले पार्टीलाई निर्दिष्ट लक्ष्यमा हिँडाएका थिए। त्यही कारण पहिलो संविधान सभा निर्वाचनमा ४ सिटमा मात्र विजय हासिल गरेको राप्रपा नेपाल दोस्रो संविधान सभा निर्वाचनमा २५ सिटसहित चौंथो ठूलो दल बन्न सफल भएको थियो।

पशुपति शमशेर नेतृत्वको राप्रपासँग एकता गरेर निर्वाचनमा थप सफलता प्राप्त गर्ने योजनामा थिए थापा। एकतापनि गरे। तर, त्यो एकता लामो समय टिक्न सकेन। प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव अगावै पार्टी विभाजित भयो। विभाजनका कारण राप्रपाले राष्ट्रिय पार्टीको दर्जा त पाउन सकेन नै, थापा आफैपनि मकवानपुरबाट पराजित भए।

निर्वाचनमा विभाजित राप्रपाका अन्य घटकको हालत त झन् थापा नेतृत्वको राप्रपाको भन्दा खराब रह्यो। बामगठबन्धनसँगको गठबन्धनबाट झापा-३ बाट राप्रपाले बिजय हासिल ग¥यो र प्रतिनिधि सभामा पुग्यो। तर राणा र डा प्रकाशचन्द्र लोहनी नेतृत्वका विभाजित घटकहरुले प्रतिनिधि सभामा एक सिटपनि जित्न सकेनन्।

त्यसपछि राप्रपा एकिकरणको प्रयास सुरु भएको हो। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमप्रति सँधै अपडेट, पार्टी काममा सक्रियता, प्रभावकारी भाषणकला र व्यक्तित्वका कारण एकतापछि थापा नै अध्यक्ष बनुन् भन्ने मत राप्रपामा बलियो छ। तर, राप्रपा (प्रजातान्त्रिक) पक्षका नेताहरु चाहिँ थापालाई अध्यक्ष बनाएर पार्टी एकता गर्ने पक्षमा छैनन्।

उक्साहटमा राणा!
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राप्रपा (राष्ट्रवादी) राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र थापा नेतृत्वको राप्रपा तीनै दलको पराजय भयो। पराजयका कारण राणा पार्टी अध्यक्षबाट राजिनामा दिने पक्षमा थिए। तर, पार्टी एकताको प्रयाससँगै राजिनामा दिनबाट उनी थामिए।

पूर्व राजाको चाहना र सल्लाह र दुबै राप्रपाले एकताको निर्णय गरेपनि एकतामा जटिलता पैदा हुनुको कारण चाहिँ अध्यक्ष सम्बन्धी विवाद नै हो। राणा र लोहनी नेतृत्वको दुबै राप्रपाका मध्यमस्तरका नेताहरु थापालाई नै अध्यक्ष बनाएर पार्टी एकता गर्नुपर्ने पक्षमा छन्। पछिल्लो समय पूर्वराजा शाहपनि थापाकै नेतृत्वमा राप्रपा एकिकृत हुँदा प्रभावकारी हुन्छ भन्ने पक्षमा पुगेका छन्।

राप्रपा (प्रजातान्त्रिक) का केही नेताहरुले ‘तपाईं अध्यक्ष नभए पार्टी एकता हुनसक्दैन’ भन्दै एकतामा भाँजो हालिरहेको स्रोतको भनाई छ। राप्रपा (प्रजातान्त्रिक) ले बनाएको वार्ता समिति नै एकताका लागि प्रतिकूल रहेको उनीहरु बताउँछन्। उनीहरुका भनाईमा, वार्तामा समितिमा रहेका बिक्रम पाण्डे र सुनिलबहादुर थापा गत निर्वाचनपछि कांग्रेससँग नजिकिएका छन्।

‘वार्ता समितिका संयोजक दीपक बोहोरा धुरन्धर खेलाडी छन्, पार्टी एकता नभएर राप्रपाको भविष्य संकटमा पर्‍यो भनेपनि उनी आफ्नो राजनीतिक व्यवस्थापन गर्न सक्छन्, कांग्रेस-कम्युनिष्ट दुबैतिर उनको राम्रो सम्बन्ध रहेकाले पार्टी संकटमा पर्दा जता जानपनि सक्छन्’ एकताका पक्षधर एक नेताले भने, ‘त्यसैले, तपाईंबाहेक अरुलाई अध्यक्ष मान्नुहुँदैन भनेर उनले पनि राणालाई भड्काइरहेका छन्।’

झण्डै ३-४ बर्ष लामो प्रयासपछि विभाजित राप्रपाको गत साल एकिकरण भएको थियो। तर, एक बर्ष पुग्दा नपुग्दै पार्टी तीन टुक्रामा विभाजित हुन पुग्यो। स्रोतका भनाईमा, चुनावी परिणामका कारण पार्टी एकताको प्रयास थालिएपनि अध्यक्षमा आआफ्नै दावेदारीका कारण एकता प्रयासले सफलता पाउने सम्भावना तत्कालका लागि देखिएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?