यस्ता थिए २०१७ का आक्रमण र आतंक

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
यस्ता थिए २०१७ का आक्रमण र आतंक

सारांश

  • विश्व समुदायका धेरै मुलकले २०१७ मा पनि शान्ति र समृद्धीका लागि वकालत गरे ।
  • कयौ एकल तथा सामुहिक प्रयासहरु गरिए ।
  • विश्व शान्ति र अममनचयन कायम गर्ने योजनाको नेतृत्वमा राष्ट्रसंघको भूमिका स¥हानीय रह्यो पनि ।

विश्व समुदायका धेरै मुलकले २०१७ मा पनि शान्ति र समृद्धीका लागि वकालत गरे । कयौ एकल तथा सामुहिक प्रयासहरु गरिए । विश्व शान्ति र अममनचयन कायम गर्ने योजनाको नेतृत्वमा राष्ट्रसंघको भूमिका स¥हानीय रह्यो पनि । ठूला मुलुकहरुले राष्ट्रसंघको प्रभावकारिताका लागि सहयोग गरे नै । अवैधानिक आप्रवासन, आन्तरिक द्वन्द, आतंकवादी आक्रमण, भोकमरी र महामारी जस्ता समस्याले २०१७ लाई पनि छोडेनन् । कतिपय यस्ता घटनाक्रमले मानविय संवेदनाको हद नै पारगरेको पनि देखियो । मानब जातीका लागि जात, धर्म, बर्णलगायतका भिन्नताका आधारमा मानिस नै हिंस्रक बनेको घटनाहरु सहजै विर्सन सकिने खालका छैनन् नै । २०१७ को शुरुवातमा त्रासदपूर्ण परिस्थिति ल्याउन उत्तर कोरिया अगाडि रह्यो ।

अमेरिका सहितका अन्य मुलुकको आलोचना तथा चेतावनीका वावजुद विश्व समुदायलाई चुनौति दिँदै फेब्रुवरी ११ मा उत्तर कोरियाले जापानी समुन्द्रमा नयाँ ब्यालेष्टिक क्षेप्यास्त्रको परिक्षण ग¥यो । राष्ट्रसंघ र अमेरिकासहितका मुलुकद्वारा लगाइएको नाकाबन्दीलेसमेत नरोकिएको उत्तर कोरियाली लक्ष कोरियाली द्विपमा थप त्रास ल्याउन सफल भयो । जापान र दक्षिण कोरियाले उत्तरको आलोचना मात्र गरेनन्, युद्धको चेतावनी समेत दिए ।

त्यस्तै अप्रिल ६ मा सिरियाका बिद्रोही नियन्त्रित क्षेत्रहरुमा रसायनिक हातहतियार प्रयोग भएको आशंकामा अमेरिकासम्बद्ध सेनाद्वारा ‘५९ टोमाहक क्रुज’ नामक मिसाइल प्रहार गरियो । रशियाले ‘५९ टोमाहक क्रुज’को प्रहार फितलो आवेगको परिणाम भन्दै अमेरिकाको आलोचना ग¥यो । उसले रुस र अमेरिकाको सम्बन्ध खतरामा पर्ने चेतावनीसमेत दियो । अफ्रिल १३ मा भनें अफगानिस्तानमा रहेका आइएसका लडाकुको आधार क्षेत्रमा अमेरिकी ‘नान्गार्हार हवाई सेना’द्वारा सन्सारको सबै भन्दा ठूलो भनिएको गैरआणबिक हतियार ‘जिबियु त्रिचालिस अब्लिक बी एमओएबी’ प्रहार गरियो । अमेरिकाले यो हतियारको प्रयोगका कारण आलोचना खेप्नु परेको थियो ।

यसै वर्ष मे १२ का दिन विश्वका विभिन्न मुलुकका रहेका कम्प्युटरमा एकैपटक भाइरस आक्रमण भयो । यसकारण कमसेकम १५० मुलुकका हजारौ कम्प्युटर प्रभावित भएका थिए । मे २२ मा बेलायतको म्यान्चेष्टरमा रहेको एरिना ग्राण्डीमा आतंकवादी बम आक्रमण भएको थियो । यो घटनामा २२ जनाको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए । जुन ७ मा ‘आइएसआइएल’द्वारा इरानको राजधानी तेहरानमा रहेको संसद भवन र रुहोल्लाह खमेनीको समाधिस्थलमा एकै पटक विष्फोट गराइयो । यो आक्रमण इरानको इतिहासमै पहिलो आतंकवादी आक्रमण थियो । यसले १७ सर्वसाधारणको हत्या ग¥यो भने ४३ जनालाई घाइते बनायो ।

त्यस्तै जुन १२ मा भने ‘कोमा’मा रहेका अमेरिकी विद्यार्थी अट्टो वार्मवियरलाई पक्राउ गरेको १७ महिनापछि उत्तर कोरियाले रिहा ग¥यो । अमेरिकी तथा मानबअधिकारवादी संस्थाको दबावलाई वेवास्ता गर्दै १७ महिनासम्म थुनामा राखिएका वार्मवियर मानसिक तथा शारिरीकरुपमा विक्षिप्त भएका थिए । उत्तर कोरियाली जेलबाट मुक्त भएर अमेरिका पुगेको एकहप्ता नवित्तै वार्मवियरको मृत्यु भएको थियो । यो घटनाका कारण उत्तर कोरियाको असहिष्णु मानविय पक्षको समेत आलोचना भएको थियो । जुन १८ मा अघिल्लो महिना तेहरानमा गरिएको आक्रमणको विरोधमा इरान सरकार समर्थन प्राप्त इस्लामिक रिभोल्युसन गार्डस कर्प (आइआरजिसी)द्वारा मध्यम दुरीको ब्यालेष्टिक क्षेप्यास्त्र प्रहार गरियो । यो प्रहार केहि अघि इरानका विभिन्न स्थानमा आइएसआइएलले गराएको आक्रमणको निन्दा स्वरुप गरिएको थियो ।

जुन २१ ‘इस्लामिक स्टेट अफ इराक एण्ड द लेभान्ट’का लडाकुद्वारा इराकको मोशुल शहरमा रहेको ‘द ग्रेट मस्क अफ अलनुरी’ ध्वस्त पारियो । जुन २७ मा फेरि साइवर आक्रमण भयो । युक्रेनका संघसंस्थाले प्रयोग गरेका कम्प्युटरमा ‘पेट्या’ नामक भाइरसको आक्रमणले ठूलो क्षति पु¥यायो । जुलाई ४ मा भने उत्तर कोरियाद्वारा पहिलो अन्तरमहादेशिय ब्यालेष्टिक क्षेप्यास्त्रको सफल परिक्षण गरियो । यस कार्यको उत्तरका सहयोगी मानिएका रुस र चीनद्वारा गरियो र आणविक परिक्षण रोक्न उत्तर कोरियालाई आग्रह गरियो ।

जुलाई १० मा भने इराक सरकारद्वारा मोशुल शहर पूर्णतः आइएसआइएलका लडाकुको नियन्त्रण बाहिर आएको घोषणा गरियो । सेप्टेम्बर ३ मा उत्तर कोरियाले छैटौ तथा सबैभन्दा शक्तिसाली आणविक परिक्षण सफलतापूर्वक सम्पन्न ग¥यो । अक्टोबर १ मा ‘स्टेफेन पेडोक’ नाम गरेका एक ब्यक्तिद्वारा अमेरिकाको लस एन्जलसको भिडमा गोली चलाउँदा ५८ जनाको मृत्य भयो भने ५४६ जना घाइते भए ।

अक्टोबर १४ मा सोमालियाको राजधानी मोगादिशुमा भएको कारबम आक्रमणका कारण ५१२ को मृत्यु भएको थियो भने ३१६ घाइते भएका थिए । अक्टोबर १७ मा सिरियाले बिद्रोही आइएसआइएलको नियन्त्रणमा रहेको रक्का सहर फिर्ता लिएको घोषणा ग¥यो । नोभेम्बर ३ सिरियाद्वारा ‘देर एजोर’ तथा इराकद्वारा अल क्वाइम शहर आइएसआइएलको नियन्त्रणबाट फिर्ता लिएको घोषणा गरियो । नोभेम्बर २४ मा इजिप्टको एक मस्जिदमा आतंकवादी आक्रमण भयो । यहाँ ३ सय ५ जनाको मृत्यु भएको थियो भने सयौ अरु घाइते भएका थिए ।

डिसेम्बर ९ मा इराकी सेनाद्वारा सम्पूर्ण इराक आइएसआइएसको नियन्त्रण तथा प्रभावबाट बाहिर आएको घोषणा गरियो । इराक र सिरियाको सिमासमेत सरकारको नियन्त्रणमा रहेको दाबी गरिएको थियो । डिसेम्वर ३० मा रुसको सेन्ट पिटर्सवर्गमा आतंकवादी आक्रमण भयो, जसमा १३ जना घाइते भएका थिए । यो आक्रमणको जिम्मा आइएसले लिएको थियो । सारांसमा हेर्दा सिरिया, इराक, अफगानिस्तान र केहि युरोपेली मुलुकहरुमा भएका आक्रमणले विश्वमा युद्धका अवशेष बाँकी रहेको इंगित गर्दछन् । कयौ प्रयासका वावजुद यस्ता अमानविय क्रियाकलापलाई विश्व समुदायले नियन्त्रण गर्न नसकेको स्पष्ट देखिन्छ पनि ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?