पृथ्वीजस्ता नयाँ सात ग्रह भेटिए : ग्रहमा जीवनको अस्तित्व रहेको अनुमान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १३, २०७३
|
|
१४८ पटक हेरिएको
Shares
पृथ्वीजस्ता नयाँ सात ग्रह भेटिए : ग्रहमा जीवनको अस्तित्व रहेको अनुमान

सारांश

  • अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)का खगोलशास्त्रीले एउटा तारालाई परिक्रमा गरिरहेका पृथ्वीजत्रै आकारका सात नयाँ ग्रह पत्ता लगाएका छन् ।
  • पृथ्वीबाट ४० प्रकाशबर्षको दुरीमा रहेका भनिएका ती ग्रह भेटिनुलाई ‘पृथ्वीबाहिर जीवनको अस्तित्व रहेको पत्ता लगाउने दिशामा महत्वपूर्ण खोज’ मानिएको छ ।
  • तीमध्ये तीनवटामा पानीको सतहसमेत पाइएकाले मानव बस्न योग्य हुनसक्ने आँकलन गरिएको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)का खगोलशास्त्रीले एउटा तारालाई परिक्रमा गरिरहेका पृथ्वीजत्रै आकारका सात नयाँ ग्रह पत्ता लगाएका छन् ।

पृथ्वीबाट ४० प्रकाशबर्षको दुरीमा रहेका भनिएका ती ग्रह भेटिनुलाई ‘पृथ्वीबाहिर जीवनको अस्तित्व रहेको पत्ता लगाउने दिशामा महत्वपूर्ण खोज’ मानिएको छ ।

तीमध्ये तीनवटामा पानीको सतहसमेत पाइएकाले मानव बस्न योग्य हुनसक्ने आँकलन गरिएको छ ।

अनुसन्धान रिपोर्टले ‘मिल्की वे’ तारापुञ्जको ‘ट्रयापिस्ट वान’ नाम गरेको तारालाई परिक्रमा गरिरहेका ती ग्रह अमेरिकी अन्तरिक्ष निकाय नासाले दूरदर्शक यन्त्र टेलिस्कोप र पृथ्वीबाट गरिएका अवलोकन र विधिबाट पत्ता लगाएको उल्लेख छ । आजको नागरिकमा खबर छ ।

नासाका वैज्ञानिकले पत्ता लगाएका नयाँ ग्रहमा जीवनको अस्तित्व रहेको अनुमान
वैज्ञानिकले पृथ्वीकै जत्रो आकार भएका सातवटा नयाँ ग्रह पत्ता लगाएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकले दूरदर्शक यन्त्र र पृथ्वीबाट गरेको विभिन्न अवलोकन विधिबाट ती ग्रह पत्ता लगाएका हुन् । नयाँ पत्ता लागेका ग्रहले ‘ट्रयापिस्ट वान’ नाम गरेको सानो तारालाई परिक्रमा गरिरहेका छन्।

जीवनको अस्तित्व रहेको अनुमान : खगोलशास्त्रीले पहिलोपटक एउटा सूक्ष्म तारालाई परिक्रमा गर्ने धेरै ग्रहको समूह पत्ता लगाएका हुन् । नयाँ पत्ता लागेका ग्रहमध्ये तीनवटा बस्न योग्य क्षेत्रमा छन्, जहाँ पानीको सतह देखिएकाले जीवनको अस्तित्व रहेको अनुमान गरिएको छ । पृथ्वीबाट ती ग्रहसम्म पुग्न लाखौँ वर्ष लाग्ने वैज्ञानिकले बताएका छन् । पत्ता लागेका ग्रह पृथ्वीबाट ३९ प्रकाशवर्षको दूरीमा रहेका छन् ।

थप अनुसन्धानका लागि महत्वपूर्ण : पछिल्लो खोजले वायुमण्डलबाट निकै टाढा रहेको विश्वबारे थप अनुसन्धान गर्न बाटो खोलिदिएको वैज्ञानिकको विश्वास छ । त्यस्तै, वैज्ञानिकले ती ग्रहमा अक्सिजन, मिथेनलगायत ग्यास भए–नभएको विषयमा थप अध्ययन सुरु गरिसकेको बताएका छन् । ट्रयापिस्ट वान सानो र मधुरो भएकाले टेलिस्कोपबाट ती ग्रहको थप अध्ययन गर्न सहज हुने वैज्ञानिकको विश्वास छ ।

निकै नजिक : पत्ता लगाइएका सातवटै नयाँ ग्रहहरू एक–अर्काबीच नजिक रहेको अनुसन्धान समूहका प्रमुख लेखक माइकल गिलोनले बताए । ‘सातैवटा ग्रहको तापक्रम मध्यम छ, त्यहाँ पानीको सतह भएको र जीवनको अस्तित्व रहेको हुन सक्छ,’ उनले भने । नयाँ ग्रहहरूमा पानी तथा जीवनको अस्तित्व नभए पनि अध्ययनका लागि भने रोचक हुने उनले बताए । ट्रयापिस्ट वान भने निकै सानो रहेको उनको भनाइ छ । अहिलेसम्म तीन हजार चार सय ४९ वटा ग्रह पत्ता लागेको नासाले जनाएको छ ।

महत्वपूर्ण फड्को : नयाँ खोज महत्वपूर्ण भएको म्यासाचुसेस्ट्स इन्स्टिच्युट अफ टेक्नोलोजीकी प्राध्यापक सारा सिगरले बताइन् । ‘नयाँ अनुसन्धानसँगै हामीले पृथ्वीबाहिर बस्नयोग्य क्षेत्र र त्यहाँ जीवनको अस्तित्व खोज्ने दिशामा एउटा नयाँ फड्को मारेका छौँ,’ उनले भनिन् । एकैपटक धेरै ग्रह पत्ता लागेकाले अनुसन्धानका सम्भावना पनि धेरै भएको उनले बताइन् । गिलोनको समूहले सन् २०१५ देखि नै ट्रयापिस्ट वानप्रति रुचि राखेको थियो । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइपिएल डेब्यूमै सबैभन्दा ठूलो रेकर्ड तोड्दै रचे इतिहास
आइपिएल डेब्यूमै सबैभन्दा ठूलो रेकर्ड तोड्दै रचे इतिहास
हत्या आरोपमा चार पक्राउ
हत्या आरोपमा चार पक्राउ
झिल्केले माइलीलाइ भगाए पछि हंगामा (भिडियो सहित )
झिल्केले माइलीलाइ भगाए पछि हंगामा (भिडियो सहित )
राजपा चुनावमा आउने प्रधानमन्त्रीको विश्वास
राजपा चुनावमा आउने प्रधानमन्त्रीको विश्वास
‘लुट २’ सेन्सर पास: वालवालिकाले एक्लै हेर्न नपाउने
‘लुट २’ सेन्सर पास: वालवालिकाले एक्लै हेर्न नपाउने
पहिलो एकदिवसीय खेल बिर्सन लाएक, नेदरल्यान्डसँग ५५ रनले पराजित
पहिलो एकदिवसीय खेल बिर्सन लाएक, नेदरल्यान्डसँग ५५ रनले पराजित
केसीको निधनमा कांग्रेसले भोलि केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने
केसीको निधनमा कांग्रेसले भोलि केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने
८७ प्रकारका मतपत्र डिजाइन, आइतबारदेखि सामाजिक सञ्जाल अनुगमनमा कडाई
८७ प्रकारका मतपत्र डिजाइन, आइतबारदेखि सामाजिक सञ्जाल अनुगमनमा कडाई
भोली हुने भनिएको भेलाको कुनै औचित्य छैन : नेपाली कांग्रेस तारकेश्वर गाउँपालिका
भोली हुने भनिएको भेलाको कुनै औचित्य छैन : नेपाली कांग्रेस तारकेश्वर गाउँपालिका
एमालेको विरोधमा नेपालगन्ज बन्दः मोर्चाद्वारा बसमा आगजनी

तपाईंले छुटाउनुभयो कि?