प्रतिनिधिसभाको बैठक माघ ६ गतेसम्मका लागि स्थगित

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २७, २०७६
|
|
२४ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको बैठक माघ ६ गतेसम्मका लागि स्थगित

सारांश

  • काठमाडौं।
  • आइतबार दिउँसो एक बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक माघ ६ गतेसम्मका लागि स्थगित भएको छ।
  • सत्तारुढ दल नेकपाले सभामुखको उम्मेद्वार टुंगो नलाग्दा प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ।

काठमाडौं। आइतबार दिउँसो एक बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक माघ ६ गतेसम्मका लागि स्थगित भएको छ। सत्तारुढ दल नेकपाले सभामुखको उम्मेद्वार टुंगो नलाग्दा प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ।

 यसअघि दुईपटकसम्म सभामुख चयन गर्ने गरी कार्यतालिका तय गरिएको थियो। तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले सभामुखको उम्मेदवार टुंगो लगाउन नसकेपछि पुस ११ र १६ गते बोलाइएको संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसकेपछि सभामुख चयन प्रक्रियामा अन्योलता छाएकोछ।

सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक प्रावधान छ। नेकपा सचिवालयको हिजा बसेको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गरिसकेको छ। तर, उनको राजीनामा भने आइसकेको छैन।

उनको राजीनामा नआएकाले आजको बैठक उनले नै संचालन गर्ने सम्भावना छ। बैठक चले सभामुखको चुनावी प्रक्रिया उनले नै सुरु गर्नेछिन्। सभामुखको चुनावी प्रक्रिया सुरु भए संविधानको व्यवस्थाअनुसार नेकपाले सभामुखमा उम्मेदवार दिन पाउने छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?