डेभलपमेण्ट बैङ्कर्स एशोसिएसन नेपालको अध्यक्षमा श्रेष्ठ
सारांश
- काठमाडौं ।
- डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रीला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ लगायत अन्य पदाधिकारीहरु सर्वसम्मतीबाट निर्वाचित भएका छन् ।
- एशोसियसनको यही चैत तीन गते शुक्रबारको दिन चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले अध्यक्ष पदमा सुयोग श्रेष्ठ (प्रमुख कार्यकारी अधिकृत, सांग्रिला डेभलपमेण्ट बैंक), उपाध्यक्षमा बोधराज देवकोटा (प्रमुख कार्यकारी अधिकृत, महालक्ष्मी बिकास बैंक), सचिवमा राम कुमार गिरी (प्रमुख कार्यकारी अधिकृत, सिन्धु बिकास बैंक), कोषाध्यक्षमा नरेश सिंह बोहरा (प्रमुख कार्यकारी अधिकृत, लुम्विनी विकास बैंक) र सदस्यहरुमा प्रकाश पौडेल (प्रमुख कार्यकारी अधिकृत, साइन रेसुंगा डेभलपमेण्ट बैंक), श्रीचन्द्र भट्ट (प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक) र डा.
काठमाडौं । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रीला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ लगायत अन्य पदाधिकारीहरु सर्वसम्मतीबाट निर्वाचित भएका छन् ।
एशोसियसनको यही चैत तीन गते शुक्रबारको दिन चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले अध्यक्ष पदमा सुयोग श्रेष्ठ (प्रमुख कार्यकारी अधिकृत, सांग्रिला डेभलपमेण्ट बैंक), उपाध्यक्षमा बोधराज देवकोटा (प्रमुख कार्यकारी अधिकृत, महालक्ष्मी बिकास बैंक), सचिवमा राम कुमार गिरी (प्रमुख कार्यकारी अधिकृत, सिन्धु बिकास बैंक), कोषाध्यक्षमा नरेश सिंह बोहरा (प्रमुख कार्यकारी अधिकृत, लुम्विनी विकास बैंक) र सदस्यहरुमा प्रकाश पौडेल (प्रमुख कार्यकारी अधिकृत, साइन रेसुंगा डेभलपमेण्ट बैंक), श्रीचन्द्र भट्ट (प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक) र डा. इन्द्र कट्टेल (प्रमुख कार्यकारी अधिकृत एक्सल डेभलपमेण्ट बैंक) नियुक्त भएका हुन ।
नवनियुक्त कार्य समितिका पदाधिकारीहरुको सपथ ग्रहण समेत सम्पन्न भइसकेको छ । एशोसियसनको १७ औं वार्षिक साधारण सभाले आ.व. २०७८÷०७९ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आ.व. २०७९÷०८० को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । अध्यक्ष प्रद्युमन पोखरेलले कोभिड १९, रुस युक्रेन युद्घ, बढ्दो मुद्रास्फिति लगाएतका कारणले अहिले बैंकिङ् क्षेत्रलाई निकै नै अप्ठ्यारो अबस्थाबाट गुज्रिरहेको बताए ।
तथापि, सबै सदस्य बैंकहरुलाई जोखिम व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन र ग्राहक सेवालाई अझ चुस्त बनाउन अनुरोध गरे । आफ्नो कार्यकालमा सहयोग पुर्याएकोमा सम्बद्ध सबैलाई हार्दिक धन्यवाद पनि ज्ञापन गरे ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफुलाई अध्यक्ष पदमा निर्वाचित गरेका धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगबाट बिकास बैंकहरुको हक र हितका लागि कार्य गर्न लागि पर्ने प्रतिबद्धता जनाए ।
आजका बिकास बैंकहरु व्यसायका दृष्टिकोणबाट हिजोका बाणिज्य बैंकहरु जस्तै हुन् । ९० वटा बिकास बैंक घटेर १७ मा आइपुग्दा पनि बजार हिस्साका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु आजका बिकास बैंकहरुको उपलब्धि हो । त्यसैले अझ राम्रो गर्नका लागि संगै सहकार्य गरौ भन्दै वहांले सबै प्रमुख कार्यकारी अधिकृतहरुलाई अनुरोध गरे । अप्ठ्यारो अबस्थामा पनि एसोसियसनलाई सफलतापूर्वक नेतृत्व प्रदान गरेका निर्वतमान अध्यक्ष प्रद्युमन पोखरेललाई नवनिर्वाचित अध्यक्षले धन्यवाद दिए ।
प्रतिक्रिया