६० करोड रुपैयाँ खर्चेर बनाइने नक्सा कसैले प्रयोग गर्दैनन्
सारांश
- काठमाडौं – बर्सेनि ६० करोड रुपैयाँभन्दा बढी खर्चेर विगत १८ वर्षदेखि तयार पारिएका २० हजारभन्दा बढी भूउपयोग नक्सा (डाटा) प्रयोगविहीन भएका छन्।
- भूउपयोग आयोजनाले २०५७ सालदेखि तयार गरेका नक्सा अहिलेसम्म एउटा स्थानीय तहले मात्र प्रयोग गरेको छ।
- बाँकी सबै नक्सा मीनभवनस्थित नापी विभागको कार्यालयको कोठामा थन्काइएका छन् ।
काठमाडौं – बर्सेनि ६० करोड रुपैयाँभन्दा बढी खर्चेर विगत १८ वर्षदेखि तयार पारिएका २० हजारभन्दा बढी भूउपयोग नक्सा (डाटा) प्रयोगविहीन भएका छन्। भूउपयोग आयोजनाले २०५७ सालदेखि तयार गरेका नक्सा अहिलेसम्म एउटा स्थानीय तहले मात्र प्रयोग गरेको छ। बाँकी सबै नक्सा मीनभवनस्थित नापी विभागको कार्यालयको कोठामा थन्काइएका छन् । आयोजनाले कराडौं खर्चेर वर्षेपिच्छे नक्सा बनाउन भने छाडेको छैन।
गत साउन १ गतेदेखि सरकारले आयोजनाको नाम परिवर्तन गरी स्थलरूप नापी तथा भू–उपयोग व्यवस्थापन महाशाखा राख्ने निर्णय गरेको छ। महाशाखा नापी विभागअन्तर्गत रहेको छ। यसअघि भूउपयोग आयोजना स्वायत्त निकायका रूपमा थियो।
महाशाखाले हालसम्म ३२ जिल्लाका साबिक एक हजार चार सय चार गाविस (हाल ९२ गाउँपालिका) को नक्सांकन गरेको छ। यसैगरी दुर्गम पाहाडी तीन जिल्लाका नक्सांकन सुरु गरिएको महाशाखाले जनाएको छ।
आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया