प्रदेश नं. १: बजेट कार्यान्वयन गर्न मुख्यमन्त्री राई को निर्देशन

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
|
३५ पटक हेरिएको
Shares
प्रदेश नं. १: बजेट कार्यान्वयन गर्न मुख्यमन्त्री राई को निर्देशन

सारांश

  • अस्बिन खड्का, १२ साउन ।
  •   प्रदेश १ का मुख्यमन्त्री शेरधन  राईले बजेट कार्यान्वयनमा अलिकति पनि ढिला नगर्न र सरकारले ल्याएको बजेट सफल ढंगले कार्यान्वयन गर्न मन्त्री तथा सचिवहरु लाई निर्देशन दिएका छन् ।
  • मुख्यमन्त्री कार्यालयले आयोजना गरेको कार्यक्रममा उनले भने ‘हामीले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा सबैको सकारात्मक धारणा छ।

अस्बिन खड्का, १२ साउन ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन  राईले बजेट कार्यान्वयनमा अलिकति पनि ढिला नगर्न र सरकारले ल्याएको बजेट सफल ढंगले कार्यान्वयन गर्न मन्त्री तथा सचिवहरु लाई निर्देशन दिएका छन् । मुख्यमन्त्री कार्यालयले आयोजना गरेको कार्यक्रममा उनले भने ‘हामीले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा सबैको सकारात्मक धारणा छ। अब बजेट कार्यान्वयन गर्न र प्रभावकारी ढंगले अगाडी बढेर काम गर्न सबैले लाग्नुपर्ने बेला भएकाे राइले बताए । जनता र नागरिकका सपना पूरा गर्न सफल हुनुपर्ने उनकाे तर्क थियाे ।

बजेट कार्यान्वयनमा केही चुनौती र समस्याहरु छन्, तर चुनौती र समस्या छन् भनेर चुप लागेर बस्नु हुँदैन’, राईले भने ‘समयमै केन्द्र सरकार ले प्रदेश सरकार लाई हस्तान्तरण हुनु पर्ने संरचनाहरु संघीय सरकारले अहिलेसम्म हस्तान्तरण नगरेको र सो कुरा को लागि आफुले केन्द्र सँग लगातार कुरा चलाईरहेको समेत उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?