सुनको मूल्य बढ्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २४, २०७६
|
|
३४ पटक हेरिएको
Shares
सुनको मूल्य बढ्यो

सारांश

  • दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ ।
  • महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ३०० तोकेको छ ।

दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ३०० तोकेको छ । बुधबार र बिहीबार छापावाला सुन प्रतितोला रु ७५ हजार २०० र तेजाबी सुन प्रतितोला रु ७४ हजार ९०० मा खरिद बिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला रु १० ले बढेर रु ८८५ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?