बसको ठक्करबाट एक जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २५, २०८०
|
|
१९ पटक हेरिएको
Shares
बसको ठक्करबाट एक जनाको मृत्यु

सारांश

  • दाङ ।
  • दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
  • काठमाडौंबाट सुर्खेततर्फ गइरहेको ना ७ ख ५९७१ नम्बरको यात्रु बाहक बसको ठक्करबाट कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका-४, स्थायी घर भई हाल भालुवाङ पुल्चोक बजारमा व्यवसाय गर्दै आएका २४ वर्षीय विजय खनालको मृत्यु भएको इलाका प्रहरी कार्यालय, भालुवाङले जनाएको छ ।

दाङ । दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट सुर्खेततर्फ गइरहेको ना ७ ख ५९७१ नम्बरको यात्रु बाहक बसको ठक्करबाट कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका-४, स्थायी घर भई हाल भालुवाङ पुल्चोक बजारमा व्यवसाय गर्दै आएका २४ वर्षीय विजय खनालको मृत्यु भएको इलाका प्रहरी कार्यालय, भालुवाङले जनाएको छ ।

बिहान करिब साढे ८ बजेको समयमा बाटो क्रस गर्नेक्रममा बसले खनाललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका खनालको भालुवाङ अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय, भालुवाङका प्रहरी निरीक्षक उज्वल सिंहले जानकारी दिए ।

ठक्कर दिने बस र चालकलाई भालुवाङ प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने मृतक खनालको शव पोष्टमार्टमका लागि घोराही पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?