मनाङको नेस्याङ गाउँपालिकामा एमालेको प्यानलै विजयी
सारांश
- मनाङको नेस्याङ गाउँपालिकामा एमालेलेको प्यानलै विजयी भएको छ ।
- सो गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा एमालेले विजयी हासिल गरेको छ ।
- सो गाउँपालिकामा एमालेका कान्छा घलेले ६२७ मत प्राप्त गरी विजयी भएका हुन् ।
मनाङको नेस्याङ गाउँपालिकामा एमालेलेको प्यानलै विजयी भएको छ । सो गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा एमालेले विजयी हासिल गरेको छ ।
सो गाउँपालिकामा एमालेका कान्छा घलेले ६२७ मत प्राप्त गरी विजयी भएका हुन् । नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार बिनोद गुरुङले ४६१ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६११ मत प्राप्त गरेर विजयी भएकी छन् भने उनकी प्रतिद्वन्दी कांग्रेसकी छिरिङ ओङमा गुरुङले ५०४ मत प्राप्त गरेकी छन् । यसअघि मनाङको चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घले बिजयी भइसकेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया