पानी पानी लिएर आए बादल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २२, २०७४
|
|
३१ पटक हेरिएको
Shares
पानी पानी लिएर आए बादल

सारांश

  • गीतकार एवं संगीतकार बादल घिमिरेको दोस्रो गीति एल्बम ‘ पानी पानी ‘ सार्वजनिक भएको छ ।
  • अनामनगरस्थित मण्डला थिएटर आयोजित एक भब्य कार्यक्रममा संगीतकार सुरेश अधिकारी , संगीतकार लक्ष्मण शेष गीतकार डा.
  • नवराज लम्साल , गीतकार रमेश पौडेलले एल्बम सार्वजनिक गरे ।

गीतकार एवं संगीतकार बादल घिमिरेको दोस्रो गीति एल्बम ‘ पानी पानी ‘ सार्वजनिक भएको छ । अनामनगरस्थित मण्डला थिएटर आयोजित एक भब्य कार्यक्रममा संगीतकार सुरेश अधिकारी , संगीतकार लक्ष्मण शेष गीतकार डा. नवराज लम्साल , गीतकार रमेश पौडेलले एल्बम सार्वजनिक गरे । एल्बम सार्वजनिकका अवसरमा बोल्दै संगीतकार सुरेश अधिकारीले बादल घिमिरे निकै संभावना बोकेको संगीतकार भएको बताए । संगीतकार लक्ष्मण शेषले बादलको संगीत प्रतिको लगाव देखेर आफूलाई इर्ष्या लागेको बताए भने गीतकार डा. लम्सालले एल्बमा गीतहरू नेपाली मन र नेपाली पनका रहेको प्रस्ट पारे । कार्यक्रमका बीच संगीतकार घिमिरेले संगीतकर्मी कल्याणकारी कोषलाई रू . ५०००/- सहयोग गरे । कार्यक्रममा अलि अलि .. र तिम्रो तस्बीर … बोलको गीतको म्यूजिक भिडियो पनि देखाइएको थियो । एल्बममा बादल घिमिरेको संगीतमा राजेश पायल राई , राज सिग्देल , रूपक डोटेल , रजिना रिमाल , गोपाल ज्ञवालीको स्वर रहेको छ भने डा. साब बोलको गीतका लागी सुरेश अधिकारीले संगीत सिर्जना गरेका छन् । जुन गीत बादल आफैले लेखेका हुन् । एल्बमलाई चमेरो म्युजिकले बजार ब्यवस्थापन गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?