राप्रपाको माग दुई तहको सरकार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २, २०७९
|
|
२५ पटक हेरिएको
Shares
राप्रपाको माग दुई तहको सरकार

सारांश

  • काठमाडौं, असार २ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्र र स्थानीय तहको गरी दुई तहको सरकारको परिकल्पनासहित प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका राप्रपा नेताहरूले प्रधानमन्त्री देउवालाई बुधबार पार्टीका तर्फबाट प्रदेश सरकार खोरेजीको मागसहितको २२ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

काठमाडौं, असार २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्र र स्थानीय तहको गरी दुई तहको सरकारको परिकल्पनासहित प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका राप्रपा नेताहरूले प्रधानमन्त्री देउवालाई बुधबार पार्टीका तर्फबाट प्रदेश सरकार खोरेजीको मागसहितको २२ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

 

ज्ञापनपत्रमा हाल कायम रहेको तीन तहको संरचनाको साटो बीचको संरचनाका रूपमा रहेको प्रदेश संरचना हटाउन माग गरिएको छ । यसैगरी, अभिभावकीय संस्थाका रूपमा राजा राख्ने व्यवस्था गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ ।

‘राप्रपाले केन्द्र र स्थानीय तह गरी दुई तहको बलियो सरकारको प्रस्ताव गरेको छ, अभिभावकीय संस्थाका रूपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न माग गरिएको छ,’ राप्रपा अध्यक्ष लिङ्देनले भने ।

उनले देशलाई आर्थिक रूपमा जर्जर अवस्थामा पु¥याउने प्रादेशिक तह खारेजीको माग राप्रपाले राखेको बताए ।

‘राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गरी अभिभावकीय संस्थाका रूपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरियोस्,’ ज्ञापनपत्रमा भनिएको छ,’ ‘केन्द्र र स्थानीय दुई तहको बलियो सरकार कायम राखी देशलाई आर्थिक रूपमा जर्जर अवस्थामा पु¥याउने प्रादेशिक तह खारेज गरियोस् ।’

ज्ञापनपत्रमार्फत राप्रपाले संसद्को निर्वाचन पूर्ण समानुपातिक रूपमा गराउन, धर्म निरपेक्षता खारेज गरी नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र घोषणा गर्न पनि माग गरेको छ ।

‘मुलुकलाई एउटै निर्वाचन क्षेत्र कायम गरी संसद्को निर्वाचन पूर्ण समानुपातिक रूपमा गराइयोस्,’ राप्रपाले भनेको छ ।

यसैगरी, नेपालले अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीति प्रतिकूल हुने कुनै पनि सम्झौता नगर्न राप्रपाले सरकारलाई सचेत गराएको छ भने प्रशासन, न्यायलय, शैक्षिक संस्था, कूटनीतिक नियोग, संवैधानिक अंगजस्ता निकायलाई राजनीतिक हस्तक्षेप र प्रभाववाट मुक्त राख्न पनि भनेको छ । ती निकायमा पार्टीगत आधारमा भागबन्डा, नियुक्ति, सरुवा बढुवा गर्ने कार्यको अन्त्य गर्न पनि राप्रपाले सरकारलाई सचेत गराएको छ ।

यसैगरी, अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा, लिपुलेक फिर्ता लिन सरकारकातर्फबाट कूटनीतिक पहल गर्न, महिला, बालबालिका तथा दलित समुदायविरुद्घ हुने सबै प्रकारका हिंसा र विभेद अन्त्यका लागि सशक्त कदम चाल्न पनि राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ ।

राप्रपाले विदेशमा रहेका नेपाली नागरिकले आगामी निर्वाचनमै मतदान गर्न पाउने व्यवस्था गर्न पाउनेगरी व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।

(hoyoskitchen.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने कांग्रेसको तयारी, कुन-कुन पार्टीसँग ?
राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने कांग्रेसको तयारी, कुन-कुन पार्टीसँग ?
प्रवेश शुल्कमा भ्याट लगाउँदै चितवन राष्ट्रिय निकुञ्जमा विरोध !
प्रवेश शुल्कमा भ्याट लगाउँदै चितवन राष्ट्रिय निकुञ्जमा विरोध !
धर्तीकी परिलाई आकाश चुम्ने रहर
धर्तीकी परिलाई आकाश चुम्ने रहर
३३ किलाे सुन प्रकरण:  प्रहरी भित्र पहिरो!
३३ किलाे सुन प्रकरण: प्रहरी भित्र पहिरो!
वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे : कंशकार
वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे : कंशकार
भरतपुर महानगरको २० ठाउँमा आइल्यान्ड निर्माण
भरतपुर महानगरको २० ठाउँमा आइल्यान्ड निर्माण
विराटनगर डुवानमा, महोत्तरीमा सर्पले डसेर एक बालकसहित दुईजनाको मृत्यु
विराटनगर डुवानमा, महोत्तरीमा सर्पले डसेर एक बालकसहित दुईजनाको मृत्यु
माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन
माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन
पुरानो नेपालको जीवन्त चित्र भेटिन्छ पोखरा सङ्ग्रहालयमा
पुरानो नेपालको जीवन्त चित्र भेटिन्छ पोखरा सङ्ग्रहालयमा
त्रिशूली दुर्घटना( अपडेट)  मृत्यु हुनेको संख्या अाठ पुग्याे
त्रिशूली दुर्घटना( अपडेट) मृत्यु हुनेको संख्या अाठ पुग्याे

तपाईंले छुटाउनुभयो कि?