राजेन्द्र महतो लुसुक्क किन दिल्ली हिडे ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २२, २०७६
|
|
२३ पटक हेरिएको
Shares
राजेन्द्र महतो लुसुक्क किन दिल्ली हिडे ?

सारांश

  • काठमाडौं, २२ माघ ।
  • मधेश केन्द्रित मानिएको दल राष्ट्रिय जनता पार्टी (राजपा)को अस्तित्व समाप्त गर्ने गृहकार्य निर्णायक चरणमा प्रवेश गरेको छ ।
  • मुलुकमा जातीयता र क्षेत्रीयतावादी ‘राजनीति’ कमजोर हुँदै गएपछि असहज महसूस गरिरहेका केही अन्तर्रा्ष्ट्रिय शक्तिकेन्द्रहरू हाल ‘समाजवादी’ नाममा रहेको समूहमा राजपालाई विलय गराउने योजनाका साथ अघि बढेका छन् ।

काठमाडौं, २२ माघ । मधेश केन्द्रित मानिएको दल राष्ट्रिय जनता पार्टी (राजपा)को अस्तित्व समाप्त गर्ने गृहकार्य निर्णायक चरणमा प्रवेश गरेको छ । मुलुकमा जातीयता र क्षेत्रीयतावादी ‘राजनीति’ कमजोर हुँदै गएपछि असहज महसूस गरिरहेका केही अन्तर्रा्ष्ट्रिय शक्तिकेन्द्रहरू हाल ‘समाजवादी’ नाममा रहेको समूहमा राजपालाई विलय गराउने योजनाका साथ अघि बढेका छन् ।

नयाँ शक्ति नामको समूह गठन गरेर राजनीति बचाउने प्रयासमा लाग्नुभएका बाबुराम भट्टराई र राजपालाई एकैपटक ‘उपेन्द्र यादवकहाँ मिसाउने’ योजना बनेको भए पनि विभिन्न करणवश राजपा उक्त धु्रवीकरण प्रक्रियामा सामेल हुन सकेको थिएन । अशोक राई, राजेन्द्र श्रेष्ठ, उपेन्द्र यादव र बाबुराम भट्टराईजस्ता राष्ट्रिय एकताविरोधीहरू ‘एक’ भए पनि राजापाको स्वतन्त्र अस्तित्व भएसम्म ‘चुनौती’ यथावत् रहने ठहर नेपालमा चलखेल गरिरहेका अन्तर्रा्ष्ट्रिय शक्तिकेन्द्रहरूको भएको बुझिएको छ ।

राष्ट्रिय सभा निर्वाचनका क्रममा केपी ओली नेतृत्वको नेकपा र राजपाबीच गठबन्धन भएपछि शक्तिकेन्द्रहरू निकै झस्किएको बताइन्छ । त्यसैले अहिले राजापाको विघटन र समाजवादी भनिएको समूहमा विलयकरण प्रक्रिया अघि बढाउन सम्बद्ध पक्षहरूमाथि तीव्र दबाब पैदा गरिएको छ । जातीयतावादी र क्षेत्रीयतावादीहरूलाई एकै ठाउँमा ल्याउने र नेपाललाई एकपटक फेरि साम्प्रदायिक द्वन्द्वको भुमरीमा फसाउने रणनीतिक चालमुताबिक एकातिर एकताको नाममा राजापाको ‘विघटन’ निम्ति दबाब पैदा गरिएको छ भने अर्को्तिर जातिवादी र क्षेत्रीयतावादविरोधी मानिने केपी शर्मा ओलीलाई पदमुक्त गरी प्रचण्डलाई सर्वेसर्वा बनाउने खेल पनि शुरु गरिएको छ ।

नेकपाको सर्वेसर्वा प्रचण्डलाई बनाइएको अवस्थामा मात्र विभाजनमुखी राजनीति संरक्षित हुने भएकोले विदेशी शक्तिकेन्द्रहरू केपीलाई भूमिकाहीन बनाएर प्रचण्डलाई शक्तिशाली बनाउन लागिपरेका छन् । उनीहरूले तत्कालका निम्ति केपी ओलीलाई हटाएर माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने र नेकपाको महाधिवेशनबाट प्रचण्डलाई एकलौटी अध्यक्ष बनाइसकेपछि प्रधानमन्त्री पद पनि प्रचण्डमै सार्ने योजनासहित ‘काम’ शुरु गरेको बुझिएको छ । माधवकुमार नेपालको साथबिना तत्काल केपीलाई विस्थापित गर्न सम्भव नहुने भएकोले उहाँलाई प्रधानमन्त्री बनाएर अलमल्याउने र नेकपालाई सम्पूर्ण रूपले प्रचण्डको कब्जामा पार्ने खेल भएको बुझिन्छ ।

केपीलाई पदमुक्त गर्नुअघि राजपालाई उपेन्द्र यादवको समूहमा विलय गराइसक्नुपर्ने भएकोले सो योजनालाई मूर्तरूप दिन राजेन्द्र महतो लुसुक्क दिल्ली जाने भएका छन् । यसै साता दिल्ली जान लागेका महतोले त्यहाँ रहँदा युरोपियन युनियनका दूतहरूसँग मात्र भेटवार्ता गर्ने हुन् या भारतीय अधिकारीहरूसँग पनि उनको वार्तालाप हुने हो सो यकिन भइसकेको छैन । तर, महतो राजपालाई उपेन्द्र यादवको समूहमा विलय गराउने अन्तिम तयारीका साथ दिल्लीबाट फर्कनेचाहिँ निश्चित भएको छ ।(घटना र विचार साप्ताहिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?