रामचन्द्र पौडेलले देखाए प्रधानमन्त्रीको चाहना
सारांश
- तनहु ।
- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीमा हुने इच्छा देखाएका छन् ।
- पौडेलले गृह जिल्ला तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सवमा बोल्दै आगामी निर्वाचन पश्चात बन्ने सरकारको प्रधामन्त्री आफु हुने इच्छा ब्यक्त गरेका हुन ।
तनहु । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीमा हुने इच्छा देखाएका छन् । पौडेलले गृह जिल्ला तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सवमा बोल्दै आगामी निर्वाचन पश्चात बन्ने सरकारको प्रधामन्त्री आफु हुने इच्छा ब्यक्त गरेका हुन । कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिन आफ्नो भूमिका देशले खोजेको बताए ।
‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ। त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ’ पौडेलले भने, ‘देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु, देशको उन्नति र प्रगति भविष्यमा कसरी गर्न सक्छौं भन्ने दूरदृष्टि पनि मसँग छ । कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ्य पनि छ ।’
सुशासन भए मात्रै राष्ट्रले समृद्धि हासिल गर्न सक्ने र, सुशासन दिन कार्यकारी पदमा पुग्नेसग नैतिक बल चाहिने उनले बताए । पौडेलले अघि भने, ‘त्यो मसँग छ । म देश बनाउने कर्तव्यबाट भाग्ने मान्छे होइन । नडगमगाई, विचलित नभई १४ वर्ष जेल बसेँ, देश बनाउने आँट मसँग छ ।’
पौडेलले युवा र पाको नेता दुवै मिलेर देश विकास गर्नुपर्ने बताए । युवाले राजनीतिमा आउनै हुन्न भन्ने होइन र पाकाले राजनीति गर्न हुँदैन भन्ने पनि नहुने उनको तर्क छ ।
प्रतिक्रिया