त्याग र अव्यक्त प्रेमको जीवन्त दस्तावेज: भदौ २६ मा प्रदर्शन हुँदै चलचित्र ‘पेन्सन पट्टा’

Asmita-Newsdesk Asmita-Newsdesk
|
शुक्रबार, श्रावण १५, २०८३
|
|
५५ पटक हेरिएको
Shares
त्याग र अव्यक्त प्रेमको जीवन्त दस्तावेज: भदौ २६ मा प्रदर्शन हुँदै चलचित्र ‘पेन्सन पट्टा’

सारांश

  • लाहुरे परिवेश र मौलिक गुरुङ संस्कृतिको जगमा निर्माण भएको नयाँ चलचित्र ‘पेन्सन पट्टा’ भदौ २६ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने भएको छ।
  • माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्मित यो चलचित्रले नेपाली समाजमा धन, सम्पत्ति र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गरिने त्याग एवम् अव्यक्त प्रेमको गहन आयामलाई पर्दामा उतारेको छ।
  • निर्देशक माओत्से गुरुङले आफू ब्रिटिस आर्मी परिवारसँग जोडिएको वास्तविक अनुभवलाई समेट्दै झण्डै १५ वर्षको लामो अध्ययन र परिपक्वतापछि यो संवेदनशील कथालाई सिनेमाटोग्राफीको रूप दिनुभएको हो।

लाहुरे परिवेश र मौलिक गुरुङ संस्कृतिको जगमा निर्माण भएको नयाँ चलचित्र ‘पेन्सन पट्टा’ भदौ २६ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने भएको छ। माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्मित यो चलचित्रले नेपाली समाजमा धन, सम्पत्ति र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गरिने त्याग एवम् अव्यक्त प्रेमको गहन आयामलाई पर्दामा उतारेको छ।

निर्देशक माओत्से गुरुङले आफू ब्रिटिस आर्मी परिवारसँग जोडिएको वास्तविक अनुभवलाई समेट्दै झण्डै १५ वर्षको लामो अध्ययन र परिपक्वतापछि यो संवेदनशील कथालाई सिनेमाटोग्राफीको रूप दिनुभएको हो। चलचित्रले केवल दर्शकलाई मनोरञ्जन दिने मात्र नभई जीवन, त्याग, प्रेम र मानवीय सम्बन्धलाई केन्द्रमा राखेको निर्माण पक्षले जनाएको छ

 निर्माण टोलीले सार्वजनिक गरेको जानकारी अनुसार चलचित्रको मुख्य सन्देश नै अरूका लागि आफ्नो हिस्सा छोड्न सक्नुमा रहेको साँचो विजय हो। मौलिक थिएटर शैलीको नृत्य र गीतले प्रदर्शनअघि नै  निर्माण टोलीले सकारात्मक प्रतिक्रिया पाएको जनाएको छ।

यस चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई र पाशुपति राई लगायतका कलाकारहरूको जीवन्त  देख्न पाइनेछ। सुशन प्रजापतिको छायांकन र नेमिश श्रेष्ठको सम्पादन रहेको यो चलचित्रलाई मीन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङले संयुक्त रूपमा लगानी गरेका हुन्।

भीडभन्दा फरक कन्टेन्टमा आधारित यस मौलिक चलचित्रले हलबाट फर्किँदा दर्शकको मनमा जीवनको वास्तविक सम्पत्ति बारे एउटा गम्भीर प्रश्न छोड्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साथी भाई सँग टाढा  घुम्न जदा एक्दम रमाइलो लाग्छ:आर्जन
साथी भाई सँग टाढा घुम्न जदा एक्दम रमाइलो लाग्छ:आर्जन
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)
निवर्तमान महासचिव मगर दुर्घटनामा गम्भीर घाइते, महासंघद्वारा शीघ्र स्वास्थ्यलाभको कामना
निवर्तमान महासचिव मगर दुर्घटनामा गम्भीर घाइते, महासंघद्वारा शीघ्र स्वास्थ्यलाभको कामना
यसकारण शाहरुखलाई छोडेकी थिइन् गौरीले
यसकारण शाहरुखलाई छोडेकी थिइन् गौरीले
बढी फाइदा हुने देशबाट आपूर्ति गरिने
बढी फाइदा हुने देशबाट आपूर्ति गरिने
डा. केसीको समर्थनमा देशभरका सरकारी अस्पतालको ओपिडी सेवा बन्द
डा. केसीको समर्थनमा देशभरका सरकारी अस्पतालको ओपिडी सेवा बन्द
रुसले कोरोना भ्याक्सिनको क्लिनिकल परीक्षण सकेसँगै जनतालाई अक्टोबरमा खोप लगाउने
के दागबत्ती दिन छोराछोरी मात्र नै चाहिन्छ र ???
के दागबत्ती दिन छोराछोरी मात्र नै चाहिन्छ र ???
ओलीलाई हटाउन प्रचण्ड र नेपाल अन्तिम तयारी गर्दै
ओलीलाई हटाउन प्रचण्ड र नेपाल अन्तिम तयारी गर्दै
मन्त्रिपरिषद बैठक बस्दै, के निर्णय आउला
मन्त्रिपरिषद बैठक बस्दै, के निर्णय आउला