सुरक्षा संवेदनशीलताका कारण जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा ठप्प, कर्फ्यु हटेपछि मात्र सञ्चालन हुने

Asmita-Newsdesk Asmita-Newsdesk
|
शुक्रबार, श्रावण १५, २०८३
|
|
७९ पटक हेरिएको
Shares
सुरक्षा संवेदनशीलताका कारण जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा ठप्प, कर्फ्यु हटेपछि मात्र सञ्चालन हुने

सारांश

  • जनकपुरधाममा प्रशासनले लगाएको कर्फ्युका कारण आजदेखि जयनगर–जनकपुर–भङ्गाहा खण्डको रेल सेवा अर्को सूचना नभएसम्म रेल सेवा स्थगित गरिएको छ।
  • जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरेपछि नेपाल रेल्वे कम्पनी लिमिटेडले आफ्ना सम्पूर्ण सेवाहरू तत्कालका लागि बन्द गर्ने निर्णय गरेको हो।
  • यात्रुहरूको यात्रुको सुरक्षालाई ध्यानमा राख्दै सेवा स्थगित गरिएको  रेल्वे कम्पनीको केन्द्रीय कार्यालयले जनाएको छ।

जनकपुरधाममा प्रशासनले लगाएको कर्फ्युका कारण आजदेखि जयनगर–जनकपुर–भङ्गाहा खण्डको रेल सेवा अर्को सूचना नभएसम्म रेल सेवा स्थगित गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरेपछि नेपाल रेल्वे कम्पनी लिमिटेडले आफ्ना सम्पूर्ण सेवाहरू तत्कालका लागि बन्द गर्ने निर्णय गरेको हो।

यात्रुहरूको यात्रुको सुरक्षालाई ध्यानमा राख्दै सेवा स्थगित गरिएको  रेल्वे कम्पनीको केन्द्रीय कार्यालयले जनाएको छ। स्थानीय प्रशासनले अर्को आदेश जारी नगर्दासम्म रेल सेवा सञ्चालन हुने छैन।

रेल्वे प्रशासनका अनुसार कर्फ्युका कारण सिर्जित असहज परिस्थितिका कारण सेवा सञ्चालन प्रभावित भएको कम्पनीले जनाएको छ।
नेपाल रेल्वे कम्पनीका निमित्त प्रशासन प्रमुख अजयकुमार सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस आकस्मिक निर्णयबाट आम सर्वसाधारण तथा यात्रु वर्गमा पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्नुभएको छ।

प्रमुख जिल्ला अधिकारीको आदेशलाई पूर्ण रूपमा पालन गर्दै कानुनी दायराभित्र रहेर यो सेवा स्थगित गरिएको कम्पनीले प्रष्ट पारेको छ। जनकपुर क्षेत्रमा उत्पन्न सुरक्षा चुनौती र असहज वातावरण पूर्ण रूपमा सामान्य नभएसम्मका लागि यो प्रतिबन्ध कायमै रहनेछ।

स्थानीय अवस्था सुध्रिएर प्रशासनले कर्फ्यु हटाउनासाथ रेल सेवालाई पूर्ववत् रूपमा सञ्चालनमा ल्याइने तयारी रेल्वे विभागको छ। प्रशासनबाट अनुमति प्राप्त भएपछि सेवा पुनः सञ्चालन गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विश्व मधुमेह दिवसः महिलालाई मधुमेहबारे सचेत बनाउनु आवश्यक
आज विश्व मधुमेह दिवसः महिलालाई मधुमेहबारे सचेत बनाउनु आवश्यक
नेपाल भारत सम्बन्ध अहिलेजस्तो कहिल्यै थिएनः भारतीय विदेशमन्त्री
नेपाल भारत सम्बन्ध अहिलेजस्तो कहिल्यै थिएनः भारतीय विदेशमन्त्री
चीनमा ३० जनाको डढेलोमा परी मृत्यु
चीनमा ३० जनाको डढेलोमा परी मृत्यु
पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
मोदीलाई ईमरान खानको बधाई, दक्षिण एसियाको विकासका लागि मिलेर काम गर्ने
मोदीलाई ईमरान खानको बधाई, दक्षिण एसियाको विकासका लागि मिलेर काम गर्ने
२५ वटा सेवामा हडताल गर्न निषेध
२५ वटा सेवामा हडताल गर्न निषेध
‘लोकतन्‍त्रप्रति मेरो निष्ठा सौदाबाजीको विषय होइन’
‘लोकतन्‍त्रप्रति मेरो निष्ठा सौदाबाजीको विषय होइन’
छात्रावासमा आगो लाग्दा उन्नाइस जनाको मृत्यु
छात्रावासमा आगो लाग्दा उन्नाइस जनाको मृत्यु
लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन
लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन
मानवअधिकार आयोगलाई बलियो बनाउने प्रधानमन्त्री दाहालको प्रतिवद्धता
मानवअधिकार आयोगलाई बलियो बनाउने प्रधानमन्त्री दाहालको प्रतिवद्धता