तालिवानद्वारा अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या
सारांश
- काबुल, अफगानिस्तान, १० फागुन ।
- अफगानी गुप्तचर निकायका पाँच अधिकारीहरु तालिवान लडाकूको आक्रमणमा मारिएका छन् ।
- उनीहरु उत्तरी पारवान प्रान्तमा भएका हालैका आक्रमणबाट मारिएको त्यहाँको खामा नामक समाचार संस्थाले बिहीबार जनाएको छ ।
काबुल, अफगानिस्तान, १० फागुन । अफगानी गुप्तचर निकायका पाँच अधिकारीहरु तालिवान लडाकूको आक्रमणमा मारिएका छन् । उनीहरु उत्तरी पारवान प्रान्तमा भएका हालैका आक्रमणबाट मारिएको त्यहाँको खामा नामक समाचार संस्थाले बिहीबार जनाएको छ ।
उनीहरू सबै राष्ट्रिय सुरक्षा सचिवालयका अधिकारी रहेको बताइएको छ । बागराम जिल्लाको आसपासमा भएका विभिन्न घटनामा गुप्तचर अधिकारीहरु मारिएको स्थानीय सरकारी अधिकारीले जनाएका छन् ।
बागरामका जिल्ला प्रशासन प्रमुख अब्दुल शुकुर कुदुसीले मृतक सबै अफगानी गुप्तचर निकायका अधिकारी रहेको बताएका खामा प्रेसले जनाएको छ । घटनाबारे अफगानिस्तानका सरकार विरोधी सशस्त्र लडाकू समूह तथा अफगानिस्तानमा निरन्तर सरकारविरुद्ध आन्दोलन गर्दै आएको तालिवान विद्रोहीले कुनै प्रतिक्रिया जनाएको छैन ।
प्रतिक्रिया