आजको मौसमः कतै छिटफुट त कतै भारी बर्षा हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०८०
|
|
२४ पटक हेरिएको
Shares
आजको मौसमः कतै छिटफुट त कतै भारी बर्षा हुने

सारांश

  • काठमाडौं।
  • हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आँशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ।

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आँशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा साथै चट्याङको जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज रङ्गशालामा आगलागी, सेनाद्वारा नियन्त्रण र घाइतेको उद्धार
राजविराज रङ्गशालामा आगलागी, सेनाद्वारा नियन्त्रण र घाइतेको उद्धार
भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले सम्बन्ध नयाँ उचाइमा : प्रम ओली
एमाले सचिव पद्माका श्रीमान् वडा सदस्यमा पराजित
एमाले सचिव पद्माका श्रीमान् वडा सदस्यमा पराजित
एनआरएन कोरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने
एनआरएन कोरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने
सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन शुरु
सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन शुरु
नेपाल र श्रीलंकाबीचको खेल भोलि विहान ५:१५ बजे हुने
नेपाल र श्रीलंकाबीचको खेल भोलि विहान ५:१५ बजे हुने
काठमाडौँमा खतराः जिल्ला जिल्लामा कोरोना संक्रमित बढ्न थालेपछि काठमाडौँ आउने बढे
काठमाडौँमा खतराः जिल्ला जिल्लामा कोरोना संक्रमित बढ्न थालेपछि काठमाडौँ आउने बढे
बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शनः प्रधानमन्त्री देउवा
बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शनः प्रधानमन्त्री देउवा
काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार
काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार
चीनको यो निर्णयले अमेरिकालाई झट्का
चीनको यो निर्णयले अमेरिकालाई झट्का

तपाईंले छुटाउनुभयो कि?