राष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक सवारीमा ट्राफिक बत्ती निभाइन्छ

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
राष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक सवारीमा ट्राफिक बत्ती निभाइन्छ

सारांश

  • काठमाडौं – नयाँ प्रविधि जडानसहित बल्न थालेका ट्राफिक बत्ती भिआइपीको सवारी हुँदा भने सधैं निभ्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ।
  • बत्ती बल्न थालेको भोलिपल्ट बिहीबार दरबारमार्ग, नयाँबानेश्वर र नारायणगोपाल चोकका ट्राफिक बत्ती निभाएरै बाटो खाली गराइएको थियो।
  • राष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक सवारी हुँदा बत्ती निभाउनु परेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता उमेश रंजितकारले बताए।

काठमाडौं – नयाँ प्रविधि जडानसहित बल्न थालेका ट्राफिक बत्ती भिआइपीको सवारी हुँदा भने सधैं निभ्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ। बत्ती बल्न थालेको भोलिपल्ट बिहीबार दरबारमार्ग, नयाँबानेश्वर र नारायणगोपाल चोकका ट्राफिक बत्ती निभाएरै बाटो खाली गराइएको थियो। राष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक सवारी हुँदा बत्ती निभाउनु परेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता उमेश रंजितकारले बताए।

‘भिआइपी सवारीका बेला आवश्यक परेको चोकमा ट्राफिक बत्ती स्विचबाटै बन्द गरेर सडक खाली गराउँछौं,’ रंजितकारले भने। बत्ती बन्द नगरी सडक खाली गर्न नसकिने भएकाले यस्तो गर्नुपरेको उनले बताए। दमकल र एम्बुलेन्सलाई अन्य सवारी साधनले भने बाटो दिने गरेको छ।

उपत्यकामा ८ वर्षदेखि बिग्रिएर बल्न छाडेका बत्ती गत बुधबारदेखि नयाँ प्रविधि जडान र मर्मतपछि बल्न थालेका छन्। पहिलो चरणमा सडक विभाग र काठमाडौं महानगरपालिकाले उपत्यकाका दुई मुख्यचोक नयाँबानेश्वर र नारायणगोपाल चोकदेखि बत्ती बाल्न सुरु गरेका थिए।

सडकमा पर्याप्त लेन र ट्राफिक बत्ती नभएकाले ट्राफिक बत्तीकै भरमा पूर्ण ट्राफिक नियन्त्रण गर्न सक्ने अवस्था नभएको रंजितकारले बताए। ‘ जेब्राक्रसिङमा बाटो काट्नेहरू बत्तीको ख्याल नगरी बाटो काटिरहेका छन्, उनीहरूलाई बत्तीको संकेतअनुसार बाटो काट्ने बानी परेको छैन,’ उनले भने। सडकमा लेन नभएकैले कारण सडकमा दाहिने मोडिनुपर्ने सवारी साधन झुक्किने गरेको रंजितकारले बताए।

ट्राफिक बत्तीकै भरमा ट्राफिक नियन्त्रण हुन सडकमा पर्याप्त ट्राफिक चिह्न, फराकिलो सडक र सचेत प्रयोगकर्ता हुनुपर्ने उनले बताए। ‘रातो बत्ती बलेपछि पनि यात्रुहरू रोकिन्नन्, त्यसका लागि पनि ट्राफिक नै चाहिन्छ,’ उनले भने।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते
पाकिस्तान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते
मधेसी नागरिकले संविधान संशोधन गर्ने पक्षधरलाई मतदान गर्छन् : डा. भटटराई
मधेसी नागरिकले संविधान संशोधन गर्ने पक्षधरलाई मतदान गर्छन् : डा. भटटराई
सीमा पारि रहेका नेपाली नागरिकलाई  भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ   : उपप्रधानमन्त्री पोखरेल
सीमा पारि रहेका नेपाली नागरिकलाई भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ : उपप्रधानमन्त्री पोखरेल
नेकपाभित्र पाँच गुट सक्रिय, कस्को गुट कति शक्तिशाली
नेकपाभित्र पाँच गुट सक्रिय, कस्को गुट कति शक्तिशाली
कार्यालयमै अदालतका कर्मचारीको मृत्यु
कार्यालयमै अदालतका कर्मचारीको मृत्यु
दमनाथलाई सघाए नेमकिपाको अस्तित्व समाप्त हुन्छ – बस्नेत
कहाँ जान्छन् सांसद : कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित
कहाँ जान्छन् सांसद : कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित
अब पहिलोपटक म्यान्मारको राजधानीमा भानुभक्तको सालिक बन्ने भो
अब पहिलोपटक म्यान्मारको राजधानीमा भानुभक्तको सालिक बन्ने भो
भूकम्प प्रभावित जिल्ला लमजुङमा ३२ महिनापछि पुनर्निर्माण कार्यालय स्थापना
भूकम्प प्रभावित जिल्ला लमजुङमा ३२ महिनापछि पुनर्निर्माण कार्यालय स्थापना
सातै प्रदेशमा नमूना अस्पताल निर्माण गर्ने सोचेका छौँ : मन्त्री मोदी
सातै प्रदेशमा नमूना अस्पताल निर्माण गर्ने सोचेका छौँ : मन्त्री मोदी

तपाईंले छुटाउनुभयो कि?