राष्ट्रियसभामा रामबहादुर थापाको उम्मेदवारी खारेज

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
२९ पटक हेरिएको
Shares
राष्ट्रियसभामा रामबहादुर थापाको उम्मेदवारी खारेज

सारांश

  • पोखरा, १३ माघ ।
  • राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिएका ४ नम्बर प्रदेशका वाम गठबन्धनतर्फका उम्मेदवार रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ ।
  • उम्मेदवारी दर्ताका बेला तोकिएको ढाँचामा कागजपत्र नपुगेको भन्दै उनको उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ ।

पोखरा, १३ माघ । राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिएका ४ नम्बर प्रदेशका वाम गठबन्धनतर्फका उम्मेदवार रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ । उम्मेदवारी दर्ताका बेला तोकिएको ढाँचामा कागजपत्र नपुगेको भन्दै उनको उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ ।

उनले एमालेतर्फबाट अपाङ्गता भएकाको कोटामा उम्मेदवारी दिएका थिए । उनले पेश गरेको अपाङ्गताको परिचयपत्र नयाँ निर्देशिका अनुसार नभएकाले खारेज गरिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखरामा प्रमुख गंगालाल सुवेदी जानकारी दिए ।

उनले समाज कल्याण मन्त्रालयबाट २०५७ को निर्देशिका अनुसार २०६२ साल असार ३ गते अपाङ्गता परिचयपत्र लिएका थिए । तर २०६५ मा नयाँ निर्देशिका आएपछि उनको परिचयपत्र फेरिएको थिएन । प्रतिष्पर्धी काँग्रेस उम्मेदवार प्रकाश पन्थले परिचयपत्र नभएको भनि उजुरी दिएपछि निर्वाचन आयोगले छानविन थालेको थियो ।

आयोगको निर्देशन पनि उनले मनोनयनपछि मात्रै नयाँ परिचयपत्र पेश गरेका कारण उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ । थापाले माघ १२ गते मात्रै जिल्ला प्रशासनबाट नयाँ परिचयपत्र ल्याएर आयोगमा पेश गरेका थिए ।

प्रदेश ७ बाट दलित कोटामा उम्मेदवारी दिएका कांग्रेसका शेरीराम पार्कीको उम्मेदवारी भने कायमै रहेको छ । उनीविरुद्ध पनि उजुरी परेको थियो ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Man Bahadur Lama

    Thuiya.nalayak.ja dubera mar baru.

    Comment Author

    Gurung Man

    यसरि/ यस्तै गर्दै जादां खुच्चीउं पाउंने मात्र हैन नियाम कानूनको बेवास्था गरेको बुझिन्छ ।

    Comment Author

    Bikash Sharma

    Yesle party dubayo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?