आइजिपी खनालले गरे बाल विवाह विरुद्ध संकल्प
सारांश
- काठमाडौं ।
- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले रौतहटको गौर नगरपालिका पुगी बाल विवाह विरुद्धको एक कार्यक्रममा संकल्प गरेका छन् ।
- गौर नगरपालिकाको सक्रियता र समुदाय-प्रहरी साझेदारी अन्तर्गतको कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले संकल्प प्रस्ताव वाचन गर्दै बाल विवाह विरुद्धको अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले रौतहटको गौर नगरपालिका पुगी बाल विवाह विरुद्धको एक कार्यक्रममा संकल्प गरेका छन् । गौर नगरपालिकाको सक्रियता र समुदाय-प्रहरी साझेदारी अन्तर्गतको कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले संकल्प प्रस्ताव वाचन गर्दै बाल विवाह विरुद्धको अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रहरी महानिरीक्षक खनालले २० वर्षभरनदा अघि नै विवाह गर्नु अपराध र मानवअधिकार हननको साथै शारीरिक, मानसिक, आर्थिक, सामाजिक, साँस्कृतिक, स्वास्थ्यको दृष्टिकोणले नराम्रो भएको उल्लेख गरे ।
बालविवाह विरुद्धको अभियानलाई सामाजिक आन्दोलनकै रुपमा लिएर जानुपर्नेमा जोड दिए । भविष्यका कर्णधार बालबालिकाको राष्ट्र र समुदाय निर्माणमा ठूलो भूमिका हुने भएकोले भविष्य बिगार्ने बाल विवाह नगर्न अनुरोध गरेका छन् यदि गरेमा कानुनी कारवाही गर्ने बताए ।
गौरबाट सुरु भएको बाल विवाह विरुद्धको अभियान देशभरी पुर्यावइने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले यसका लागि स्थानीय सरकार, विभिन्न संघसंस्था लगायत नागरिक समाजको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए । प्रहरीको भरपुर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै अभिभावकलाई छोरी पढाउँ राम्रो वातावरण दिउँ भन्ने आग्रह गरे । “शिक्षा नै सबै भन्दा ठूलो सम्पत्ति हो, यसलाई कसैले चोरेर लुटेर लैजान सक्दैन ।”
यस्तो छ, संकल्प प्रस्ताव
“बाल विवाह दण्डनीय सामाजिक अपराध हो । हामी कसैले कुनै पनि किसिम वा रुपमा बाल विवाहलाई प्रोत्साहन गर्ने वा सो कार्य गर्न गराउन दिने छैनौं । समाजमा विद्यमान रही आएको यस कुप्रथालाई विभिन्न सार्थक प्रयासहरुको माध्यमबाट सदाका लागि सम्पूर्णरुपले उन्मुलन गर्ने प्रण गर्दै भविष्यमा समेत बाल विवाह विरुद्ध निरन्तर रुपमा कार्य गरिरहने सामुहिक संकल्प लिन्छौं ।”

प्रतिक्रिया