ललिता निवास प्रकरण : समरजंग कम्पनीका प्रमुखसहित दुईजना रिहा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १८, २०८०
|
|
२६ पटक हेरिएको
Shares
ललिता निवास प्रकरण : समरजंग कम्पनीका प्रमुखसहित दुईजना रिहा

सारांश

  • काठमाडौं ।
  • ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई जना रिहा भएका छन् ।
  • आज समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतानलाई रिहा गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई जना रिहा भएका छन् ।

आज समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतानलाई रिहा गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

पोखरेलको स्वास्थ्य अवस्थाको कारण देखाउँदै जिल्ला अदालत काठमाडौंले हाजिर जमानीमा छाड्न आदेश दिएको स्रोतले बतायो ।

खेतानले भने आफ्नो नाममा भएको करिब ७ आना जग्गा फिर्ता गर्ने बताएपछि छाडिएको हो । ‘उनको नाममा रहेको करिब ७ आना जग्गा फिर्ता गर्छौं भनेपछि छाडिएको हो,’ स्रोतले भन्यो ।

दुई जना छुटेसँगै अब सीआईबीको हिरासतमा २० जना बाँकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?