गायिका मिलन अमात्यले गरिन् डिभोर्स

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
१७ पटक हेरिएको
Shares
गायिका मिलन अमात्यले गरिन् डिभोर्स

सारांश

  • काठमाडौं, असोज २ – गायिका मिलन अमात्यले श्रीमानसँग औपचारिक रुपमा सम्बन्ध बिच्छेद गरेकी छिन् ।
  • केही समय अघि मिलन अमात्यले सम्बन्ध बिच्छेदका लागि निबेदन दिए पनि यो कुरालाई बाहिर ल्याउन चाहेकी थिइनन् ।
  • तर आज सोमबारदेखि मिलन र उनका श्रीमान मेन्सनबिच औपचारिक रुपमै सम्बन्ध बिच्छेद भएको छ ।

काठमाडौं, असोज २ – गायिका मिलन अमात्यले श्रीमानसँग औपचारिक रुपमा सम्बन्ध बिच्छेद गरेकी छिन् । केही समय अघि मिलन अमात्यले सम्बन्ध बिच्छेदका लागि निबेदन दिए पनि यो कुरालाई बाहिर ल्याउन चाहेकी थिइनन् ।तर आज

सोमबारदेखि मिलन र उनका श्रीमान मेन्सनबिच औपचारिक रुपमै सम्बन्ध बिच्छेद भएको छ । सम्बन्ध बिच्छेदका कारण बारे केही खुलाउन नचाहेका मेन्सनले सोमबारबाट दुबै जना अलग भएको जानकारी भने दिए ।

यो बिषयमा मिलनसँग सम्पर्क गर्दा पछि कुरा गर्छु भनेर पन्छिन चाहिन् । गायक दीपक लिम्बुसँगको प्रेम प्रसंगका कारण मिलनको वैवाहिक सम्बन्धमा दरार आएको बजारमा चर्चा छ । तर दीपक र मिलनले यो कुरालाई अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?