प्रधानमन्त्री ओली स्वास्थ्य उपचारपछि स्वदेश फिर्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २७, २०७६
|
|
४९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली स्वास्थ्य उपचारपछि स्वदेश फिर्ता

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् ।
  • आज थाई एयरवेजको जहाजबाट प्रधानमन्त्रीसहितको टोली स्वदेश फर्किएको हो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । आज थाई एयरवेजको जहाजबाट प्रधानमन्त्रीसहितको टोली स्वदेश फर्किएको हो । आफ्नो भ्रमण अनौपचारिक भन्दै उनले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सेनाको सलामी ग्रहण भने गरेनन् । प्रधानमन्त्रीको प्रतिक्रिया लिन पत्रकारहरु पनि प्रतीक्षा गरेर विमानस्थल पुगेका थिए, तर प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्न मानेनन् ।

उनले केही दिनमा थाहापाइहाल्नु हुनेछ भन्ने प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सरकारका अन्य मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायत विमानस्थलमा पुगेका थिए । प्रधानमन्त्री लामो समयदेखि मृगौलाको बिरामी हुन् । उनका निजी चिकित्सक समूहले प्रधानमन्त्रीलाई जाँचको लागि सिंगापुर जान आग्रह गरेपछि उनी त्यसतर्फ गएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?