लेखा समितिले वाइडबडी जहाज खरिदमा अनियमितताबारे अध्ययन गर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०७५
|
|
१८ पटक हेरिएको
Shares
लेखा समितिले वाइडबडी जहाज खरिदमा अनियमितताबारे अध्ययन गर्ने

सारांश

  • काठमाडौं, ११ असोज ।
  •  प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा अध्ययन गर्ने भएको छ ।
  • समितिको आजको बैठकमा सांसदले वाइडबडी खरीदमा अनियमितता भएको भन्ने विषयमा सम्बन्धित अधिकारीसँग आवश्यक छलफल गर्नुपर्ने सुझाव दिएका थिए ।

काठमाडौं, ११ असोज । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा अध्ययन गर्ने भएको छ ।

समितिको आजको बैठकमा सांसदले वाइडबडी खरीदमा अनियमितता भएको भन्ने विषयमा सम्बन्धित अधिकारीसँग आवश्यक छलफल गर्नुपर्ने सुझाव दिएका थिए ।

उनीहरुले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको बेरुजु सम्बन्धमा अध्ययन गरी असुलउपर गर्नुपर्ने रकम असुल गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने बताएका थिए । सांसदले महालेखा परीक्षकको लेखा परीक्षणको प्रभावकारिताका सम्बन्धमा समेत चासो राखेका थिए ।

महालेखा परीक्षकको कार्यालयले समेत वाइडबडी खरीद अनियमितता सम्बन्धमा प्रतिवेदन तयार गरेको छ । समितिको शुक्रबार बस्ने बैठकले वाइडबडी खरीद प्रकरण र अन्य बेरुजुका बारेमा महालेखा परीक्षकसँग छलफल गर्ने समिति सभापति भरतकुमार शाहले जानकारी दिए।

बैठकमा हृदयेश त्रिपाठी, विरोध खतिवडा, राजेन्द्रकुमार केसी, प्रेमबहादुर आले, पुष्पाकुमारी कर्ण कायस्त, धर्माशिला चापागाईलगायतले वाइडबडी विमान खरीद अनियमितता, बेरुजु फछ्र्योट, द्रुतमार्ग निर्माणलगायत विषयमा चासो व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिकित्सा शिक्षा विधेयकमाथि छलफल
चिकित्सा शिक्षा विधेयकमाथि छलफल
एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने पक्राउ
एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने पक्राउ
‘किस’ खाएर लुटपाट गर्ने पक्राउ, यसरी परे प्रहरीको फन्दामा
‘किस’ खाएर लुटपाट गर्ने पक्राउ, यसरी परे प्रहरीको फन्दामा
युवा पुस्तालाई देशको कला, संस्कृतिको महत्त्व बुझाउन लाग्नुपर्छ : मन्त्री शर्मा
युवा पुस्तालाई देशको कला, संस्कृतिको महत्त्व बुझाउन लाग्नुपर्छ : मन्त्री शर्मा
नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
डेढ दशकदेखि ढुंगे ओढारमा रमाउँदै यि दम्पती
डेढ दशकदेखि ढुंगे ओढारमा रमाउँदै यि दम्पती
“रोनाल्डोले भने बार्सिलोनाको हारको दोषी मेस्सी”
“रोनाल्डोले भने बार्सिलोनाको हारको दोषी मेस्सी”
सिंहदरबारको अधिकार स्थानीय तहमा हस्तान्तरण हुने क्रममा: गच्छदार
सिंहदरबारको अधिकार स्थानीय तहमा हस्तान्तरण हुने क्रममा: गच्छदार
ओलीले मन्त्री पदको चारो फालेपछि विरोधीको घेराबन्दी तोड्न सफल भए
घर्तीसँगको प्रतिष्पर्धा गुरुङका लागि ‘फलामको चिउरा’ !
घर्तीसँगको प्रतिष्पर्धा गुरुङका लागि ‘फलामको चिउरा’ !

तपाईंले छुटाउनुभयो कि?