भगवान बुद्धको मूर्तीमा बसेपछि आयुष्मान खुरानाकी श्रीमती भएकी थिइन् ट्रोल, मागिन् माफी !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ५, २०७६
|
|
५१ पटक हेरिएको
Shares
भगवान बुद्धको मूर्तीमा बसेपछि आयुष्मान खुरानाकी श्रीमती भएकी थिइन् ट्रोल, मागिन् माफी !

सारांश

  • आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यप हालै एक फोटोका कारण अत्यधिक ट्रोल भएकी थिइन् जसमा उनी भगवान बुद्धको प्रतिमामा बसेको देखिएकी थिइन् ।
  • उनले उक्त फोटो आफ्नो इन्स्टाग्राममा सेयर गरेकी थिइन् तर अब त्यसलाई हटाएकी छिन् ।
  • यतिमात्र होइन, उनले सोसल मिडियामा मानिसहरुसँग माफी पनि मागेकी छिन् ।

आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यप हालै एक फोटोका कारण अत्यधिक ट्रोल भएकी थिइन् जसमा उनी भगवान बुद्धको प्रतिमामा बसेको देखिएकी थिइन् । उनले उक्त फोटो आफ्नो इन्स्टाग्राममा सेयर गरेकी थिइन् तर अब त्यसलाई हटाएकी छिन् । यतिमात्र होइन, उनले सोसल मिडियामा मानिसहरुसँग माफी पनि मागेकी छिन् ।ताहिराले फोटो डिलिट गरेपछि लेखिन्, ‘म कसैको पनि दुःख पीडाको कारण बन्न चाहन्नँ । अन्जानमा केही मानिसहरुको भावनालाई ठेस् पुर्याएकोमा मलाई खेद छ । सबैका लागि प्रेम र शान्तिको कामना ।’जब ताहिराले बुद्धको काखमा बसेको फोटो सेयर गरिन् तब सोसल मिडिया प्रयोगकर्ताले उनलाई तथानाम भने । एक प्रयोगकर्ताले लेखेका थिए, ‘निकै खराब ।

 

 

बुद्धमाथि बस्नु निकै मूर्खतापूर्ण काम हो । पढेलेखेका मानिसहरु यस्तो काम गर्छन् भने अनपढले के गर्लान् रु तिमीले साँच्चै नै मूर्खतापूर्ण काम गरेकी छौ । भगवानलाई केही त सम्मान गर ।’एक अन्य प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘तिमी बुद्धमाथि बसेकी छौ । कृपया सबै धर्मको सम्मान गर ।’एक अन्य प्रयोगकर्ताले लेखे, ‘मैले जबसम्म तिमिलाई बुद्धको प्रतिमाको काखमा बसेको देखेकी थिइनँ तबसम्म म तिमीलाई एक सभ्य र बलियो महिलाको रुपमा सम्मान गर्दथेँ ।’अर्का एक प्रयोगकर्ताले लेखे, ‘माफ गर्नुहोस्, तर बुद्धमाथि बस्नु हामी बौद्ध धर्मावलम्बीका लागि अपमानजनक हो ।’

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?