छोरीलाई जवरजस्तीकरणी प्रयास गरेको आरोपमा पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ६, २०७४
|
|
२९ पटक हेरिएको
Shares
छोरीलाई जवरजस्तीकरणी प्रयास गरेको आरोपमा पक्राउ

सारांश

  • ६ कात्तिक, गोरखा ।
  • आफ्नै छोरीलाई बारम्बार जबरजस्तीकरणी प्रयासको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
  • १९ वर्षीया छोरीलाई मादक पदार्थ सेवन गरेर बारम्बार जवरजस्तीकरणीको प्रयास गर्ने गण्डकी गाउँपालिका-७ दर्वुङका ४२ वर्षीय उक्त व्यक्तिलाई प्रहरीले शुक्रवार पक्राउ गरेको प्रहरी निरीक्षक कमला नरालले बताइन् ।

६ कात्तिक, गोरखा । आफ्नै छोरीलाई बारम्बार जबरजस्तीकरणी प्रयासको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

१९ वर्षीया छोरीलाई मादक पदार्थ सेवन गरेर बारम्बार जवरजस्तीकरणीको प्रयास गर्ने गण्डकी गाउँपालिका-७ दर्वुङका ४२ वर्षीय उक्त व्यक्तिलाई प्रहरीले शुक्रवार पक्राउ गरेको प्रहरी निरीक्षक कमला नरालले बताइन् ।

अाफ्नै बुवाले बारम्वार जवरजस्तीकरणीको प्रयास गरेपछि पीडित (छोरी) कात्तिक २ गते आˆनो कोठा छाडेर दाइको कोठामा सुतेकी थिइन् ।

सोही दिन पनि रातको समयमा बुवा मादक पदार्थ सेवन गरेर आएको र आफूलाई कोठाबाट बाहिर जान भनेको पीडितले दिएको उजुरीलाई उदृत गर्दै प्रहरी निरीक्षक नरालले बताइन् ।

बाहिर जान नमानेपछि त्यही हातपात गर्न खोज्दा उनी चिच्याएसँगै घरका अन्य सदस्यले थाहा पाएका थिए ।

घरका सदस्यले थाहा पाएसँगै उनीहरुले कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरी दिएसँगै पीडकलाई सोही दिन घरबाटै पक्राउ गरिएको इन्स्पेक्टर नरालले जानकारी दिइन् ।

पक्राउ परेका उक्त व्यक्तिलाई जबरजस्तीकरणी उद्योग अन्तरगत मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?