संसद् बैठकमा ढिलाइ, अवरोध गर्ने एमालेको तयारी
सारांश
- व्यवस्थापिका–संसद्को बैठक सुरु हुन ढिलाइ भएको छ ।
- सरकारले गैरसंवैधानिक रूपमा स्थानीय तहको संख्या थप गरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले बैठक चल्न नदिने तयारी गरेपछि बैठक सुरु हुन ढिलाइ भएको हो ।
- आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने र र राजीनामाको घोषणा गर्ने भनिए पनि प्रतिपक्षी दलले बैठक चल्न दिने नदिने अझै टुंगो लागेको छैन ।
व्यवस्थापिका–संसद्को बैठक सुरु हुन ढिलाइ भएको छ । सरकारले गैरसंवैधानिक रूपमा स्थानीय तहको संख्या थप गरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले बैठक चल्न नदिने तयारी गरेपछि बैठक सुरु हुन ढिलाइ भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने र र राजीनामाको घोषणा गर्ने भनिए पनि प्रतिपक्षी दलले बैठक चल्न दिने नदिने अझै टुंगो लागेको छैन ।
बैठक सञ्चालनको विषयमा सहमति जुटाउन अहिले संसद् भवनमै प्रधानमन्त्रीलगायतका शीर्ष नेताको बैठक बसिरहेको छ । बैठकमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायत उपस्थित छन् । बैठकमा एमाले अध्यक्ष केपी ओली भने उपस्थित छैनन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया