विस्तृत शान्ति सम्झौताका बाँकी काम शीघ्र कार्यान्वयन गर्न प्रचण्ड, देउवा र ओलीबीच छलफल

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ६, २०८०
|
|
२७ पटक हेरिएको
Shares
विस्तृत शान्ति सम्झौताका बाँकी काम शीघ्र कार्यान्वयन गर्न प्रचण्ड, देउवा र ओलीबीच छलफल

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग आज आफ्नै सरकारी निवासमा विस्तृत शान्ति सम्झौताका विविध पक्षमा छलफल गरेका छन् ।
  • उक्त सम्झौताअन्तर्गत कार्यान्वयन गर्न बाँकी रहेका विषयलाई यथासक्य चाँडो टुङ्ग्याउने सम्बन्धमा नेतात्रयबीच छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग आज आफ्नै सरकारी निवासमा विस्तृत शान्ति सम्झौताका विविध पक्षमा छलफल गरेका छन् ।

उक्त सम्झौताअन्तर्गत कार्यान्वयन गर्न बाँकी रहेका विषयलाई यथासक्य चाँडो टुङ्ग्याउने सम्बन्धमा नेतात्रयबीच छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उनीहरूबीच शान्ति सम्झौताका १७ वर्षका प्रगति र अनुभवको समीक्षा तथा आगामी दिनको योजनाबारे छलफल भएको थियो । २०६३ मङ्सिर ५ गने तत्कालीन नेकपा(माओवादी) र प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाबीच उक्त सम्झौतामा हस्ताक्षर भएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?