सिरियाका बालबालिकालाई ध्यान दिन युनिसेफको आग्रह

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ८, २०७६
|
|
१७ पटक हेरिएको
Shares
सिरियाका बालबालिकालाई ध्यान दिन युनिसेफको आग्रह

सारांश

  • वासिङ्टन ।
  • संयुक्तराष्ट्र बालकोष (युनिसेफ)का कार्यकारी निर्देशक हेनरिता फोरले सिरियाका बालबालिकाको सुरक्षामा विश्वका प्रमुख सात औद्योगिक राष्ट्र ९जी७० का नेताहरुले विशेष ध्यान दिने विश्वास व्यक्त गरेका छन्।
  • हेनरिताले शुक्रबार जारी गरेको विज्ञप्तिमा सिरियामा सन् २०१९ को शुरुआतदेखि हालसम्म कम्तीमा ४१९ जना बालबालिका मारिएका र झण्डै १६९ जना बालबालिकालाई विद्रोहीले सेनामा भर्ना गरेको उल्लेख छ।

वासिङ्टन । संयुक्तराष्ट्र बालकोष (युनिसेफ)का कार्यकारी निर्देशक हेनरिता फोरले सिरियाका बालबालिकाको सुरक्षामा विश्वका प्रमुख सात औद्योगिक राष्ट्र ९जी७० का नेताहरुले विशेष ध्यान दिने विश्वास व्यक्त गरेका छन्।हेनरिताले शुक्रबार जारी गरेको विज्ञप्तिमा सिरियामा सन् २०१९ को शुरुआतदेखि हालसम्म कम्तीमा ४१९ जना बालबालिका मारिएका र झण्डै १६९ जना बालबालिकालाई विद्रोहीले सेनामा भर्ना गरेको उल्लेख छ।

उत्तरपश्चिम सिरियामा मात्र शैक्षिक संस्थामा ७३ पटक, स्वास्थ्य संस्थामा ४९ पटक र खानेपानीका पूर्वाधारमा २९ पटक आक्रमण भएको युनिसेफको भनाई छ। खानेपानीका पूर्वाधारमा भएको आक्रमणबाट छ लाख १० हजारभन्दा बढी मानिस प्रभावित भएका थिए।

“इड्लिबमा भड्किएको हिंसा अझ व्यापक हुने संकेत पाइएका छन्। यी हिंसाबाट बालबालिका र सर्वसाधारणको मृत्यु वा घाइते हुने सम्भावना अझै बढेको छ। साथै, हिंसाबाट जोगिन ठूलो संख्यामा मानिसहरु पलायन हुने खतरा छ,” हेनरिताले भने।सिरियाली द्वन्द्व नवौं वर्षमा प्रवेश गरिसकेको सन्दर्भमा यस युद्धबाट प्रभावित सबै बालबालिकालाई सुरक्षित राख्न र उनीहरुको अधिकार रक्षाका लागि प्रमुख औद्योगिक राष्ट्रको भूमिका महत्वपूर्ण हुने युनिसेफले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?