नियमित अश्लील फिल्म हेर्दा यस्तो पर्छ असर, ज्यान पनि…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २२, २०७५
|
|
३६ पटक हेरिएको
Shares
नियमित अश्लील फिल्म हेर्दा यस्तो पर्छ असर, ज्यान पनि…

सारांश

  • एजेन्सी।
  • अहिले नेपालमा अश्लील भिडियोमाथि प्रतिवन्ध लगाइएको छ ।
  • तर , नेपालमा विभिन्न प्रकारको प्रविधि प्रयोग गरेर यस्ता भिडियोहरुलाई सहजैं सँग युवापुस्ताले हर्ने गरेका छन् ।
एजेन्सी। अहिले नेपालमा अश्लील भिडियोमाथि प्रतिवन्ध लगाइएको छ । तर , नेपालमा विभिन्न प्रकारको प्रविधि प्रयोग गरेर यस्ता भिडियोहरुलाई सहजैं सँग युवापुस्ताले हर्ने गरेका छन् । किशोर किशोरीले नियमित रुपमा अश्लिल भिडियो र तस्बिर हेर्ने कुलतमा फसे उनीहरुको दिमागमा असर पर्ने दिमागको आकार घट्ने अथवा अनुसन्धानले भनेको छ ।
नियमित यस्ता भिडियो हेर्नेको दिमागलाई भिडियोले दिमागमा असर गर्ने गरेको एक नयाँ अध्ययनले खुलासा गरेको हो । अश्लील भिडियो हेर्नेको दिमागको आकार घट्ने अनुसन्धानकर्ताहरुले बताएका हुन् ।
अश्लील भिडियो हेर्दै यौन क्रियाकलाप गर्नेको डोपामिन (स्नायु प्रणालीको गतिबिधि सञ्चालन गर्न महत्वपूर्ण मानिने तथा मानिसको दिमागमा आनन्द दिने एक प्रकारको रसायन) दिमागबाट निस्कासन हुने र दिमाग असाध्यै असंवेदनशिल हुने पनि अध्ययनले जनाएको छ ।
उच्च यौन अनुभूति गर्न दिमागलाई अझै बढी डोपामाइन आवश्यकता हुने र यसले मानिसलाई अझै बढी अश्लील हेर्न उत्प्रेरित गर्ने जर्मन अनुसन्धानकर्ताहरुले बताएका छन् ।
सन् २०१४ मा जेएएमए साइक्याट्रियामा प्रकाशित एउटा अध्ययनमा नियमित रुपमा अश्लील भिडियो हेर्नेमा यौन उत्तेजना निस्कृयता आएको देखाइएको थियो । दिमाग फिल्मका संवेदनशिल तस्बिहरुमा एक्सपोज भएपछि मानिसहरु कम संवेदनशील हुने गरेका र सामान्य यौन क्रियाकलापबाट उत्तेजित हुन कठिनाइ भएको बताइन्छ ।
सन् २०१३ मा क्याम्ब्रिज युनिर्भ्सिटीका अनुसन्धानकर्ताहरुले पोर्नका कुलतले यौनजन्य विषय हेर्दा उनीहरुको दिमागको कूलत अंश चम्किएको पत्ता लगाएका थिए ।
‘यौनजन्य तस्बिर देखाउँदा अश्ीलल फिल्म हेर्ने आदत बसेका मानिसको दिमाग क्रिसमसको रुख झै धपधपी बलेको थियो,’ अध्ययनमा भनिएको छ । सम्मान, उत्प्रेरणा र खुसीको पक्रियामा सक्रिय रहने उत्तेजित दिमागको एउटा अंश कुलत र मदिरासेवनकर्ताको उत्तेजित अंश जस्तै भएको पनि अध्ययनमा जनाइएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?