सीसी टीभीको निगरानीमा निवर्तमान सभामुख कृष्णबहादर महरा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २०, २०७६
|
|
२८ पटक हेरिएको
Shares
सीसी टीभीको निगरानीमा निवर्तमान सभामुख कृष्णबहादर महरा

सारांश

  • प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सीसीटीभीको निगरानीमा राखिएको छ ।
  • अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएका महरालाई थुनुवा राख्ने कोठामा राखिएको छ जहाँ सीसीटीभीको निगरानी रहेको छ ।
  • महरालाई साँझ वृत्तमा पुर्याएपछि उनलाई अलग्गै कोठा दिइएको हो जहाँ थुनुवा राख्ने गरिएको छ ।

प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सीसीटीभीको निगरानीमा राखिएको छ । अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएका महरालाई थुनुवा राख्ने कोठामा राखिएको छ जहाँ सीसीटीभीको निगरानी रहेको छ ।

महरालाई साँझ वृत्तमा पुर्याएपछि उनलाई अलग्गै कोठा दिइएको हो जहाँ थुनुवा राख्ने गरिएको छ । तर, उनलाई अन्य थुनुवा राखिएको ठाउँमा भने राखिएन ।

प्रहरी स्रोतका अनुसार महरा सामान्य ढंगले प्रस्तुत भएका थिए । उनी राति सीसीटीभीको निगरानीमा रहेको कोठामा सुतेका थिए । तर, उनको स्वास्थ्यमा भने समस्या रहेको बुझिएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि जर्बजस्तीको प्रयास गरेको भनी महराविरुद्ध किटानी जाहेरी दिएपछि १९ असोजमा सभामुखको सरकारी निवासबाट महरा पक्राउ परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?