सुनको मूल्य एक लाख नाघ्यो एक लाख एक हजार चारसयमा कारोवार

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २१, २०७७
|
|
३१ पटक हेरिएको
Shares
सुनको मूल्य एक लाख नाघ्यो एक लाख एक हजार चारसयमा  कारोवार

सारांश

  • काठमाडौँ, २१ साउन : कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज अप्रत्यासित रुपमा बढेको छ ।
  • मङ्गलबार प्रतितोला रु ९९ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा आज रु एक हजार ६०० ले वृद्धि भएको छ ।
  • बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार चारसय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु एक लाख ९०० निर्धारण गरिएको छ ।

काठमाडौँ, २१ साउन : कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज अप्रत्यासित रुपमा बढेको छ ।

मङ्गलबार प्रतितोला रु ९९ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा आज रु एक हजार ६०० ले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार चारसय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु एक लाख ९०० निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज चाँदीको मूल्य रु ६५ ले बढेको छ । एकतोला सेतो धातुको मूल्य आज रु एक हजार २९५ निर्धारण भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागूगरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०२४.५३ अमेरिकी डलर कायम भएको छ । त्यसैगरी प्रतिऔँस चाँदी २५.९६ अमेरिकी डलर निर्धारण भएको छ ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?