किन राख्छन माधव नेपालले उत्तर कोरियाप्रति चासाे ? के छ कनेक्सन ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १, २०७५
|
|
४४ पटक हेरिएको
Shares
किन राख्छन माधव नेपालले उत्तर कोरियाप्रति चासाे ? के छ कनेक्सन ?

सारांश

  • काठमाडाै, १ असार ।
  • उत्तर कोरियाको भ्रमण गर्दा विवादमा तानिएका नेकपा नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाका स्टेट अफेयर्स कमिसनका अध्यक्ष किम जोङ उनकाबीच भेट भएलगत्तै विज्ञप्ति निकालेका छन् ।
  • विज्ञप्तिमा नेपालले वार्ताले विश्व शान्ति कायम गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

काठमाडाै, १ असार । उत्तर कोरियाको भ्रमण गर्दा विवादमा तानिएका नेकपा नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाका स्टेट अफेयर्स कमिसनका अध्यक्ष किम जोङ उनकाबीच भेट भएलगत्तै विज्ञप्ति निकालेका छन् ।

विज्ञप्तिमा नेपालले वार्ताले विश्व शान्ति कायम गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

नेता नेपालले विहिबार जारी गरेको विज्ञप्तिमा गत मंगलबार उनीहरुबीच सिंगापुरमा भएको ऐतिहासिक वार्ताको स्वागत गर्दै शान्ति, समृद्धि र निःशस्त्रीकरणका लागि भएको चारबुँदे सम्झौताले कोरिया प्रायःद्वीपका साथै विश्वमा शान्ति कायम भूमिका निर्वाह गर्ने जनाइएको छ ।

विज्ञप्तिमा हालैका दिनमा कोरियाली प्रायःद्वीपमा शान्ति स्थापनाका लागि भएका प्रयासमा सो वार्ताले भविष्यका लागि समेत मार्गदर्शन गर्ने उल्लेख गर्दै भनिएको छ, ‘मुलुकका बीचमा देखापर्ने कुनै पनि समस्याको समाधान आपसी संवादका माध्यमबाट शान्तिपूर्ण ढंगले खोज्न यस वार्ताले समस्त विश्वलाई अभिप्रेरित गरेको छ ।’

सहमति भएका विषयलाई कार्यान्वयन गर्ने र आपसी हितका बाँकी विषयमा थप समझदारी गर्दै जाने कुराले कोरियाली प्रायःद्वीपमा दिगो शान्ति कायम गराउने बताउँदै उहाँले दुई कोरियाबीच गत अप्रिल २७ मा भएको ऐतिहासिक वार्तालाई समेत निरन्तरता दिँदै आगामी दिनमा शान्ति स्थापनाका क्षेत्रमा निर्णायक कदम चालिने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायिक समितिमा एक वर्षमा १२५ वटा मुद्धा दर्ता
न्यायिक समितिमा एक वर्षमा १२५ वटा मुद्धा दर्ता
ऋणको किस्ता र ब्याज तिर्ने समय लम्बाउन राष्ट्र बैंकको निर्देशन कुर्दै व्यवसायी
ऋणको किस्ता र ब्याज तिर्ने समय लम्बाउन राष्ट्र बैंकको निर्देशन कुर्दै व्यवसायी
बालेनले चुनाव नजित्दै ओलीलाई भेटेको खुलासा
बालेनले चुनाव नजित्दै ओलीलाई भेटेको खुलासा
फेरि राष्ट्रपति बन्ने भण्डारीको इच्छा सहित ओली र प्रचण्डसँग ‘लन्च मिटिङ’
फेरि राष्ट्रपति बन्ने भण्डारीको इच्छा सहित ओली र प्रचण्डसँग ‘लन्च मिटिङ’
साउन ९ गते शुक्रवारको राशिफल यस्तो छ
साउन ९ गते शुक्रवारको राशिफल यस्तो छ
नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसीपको उपाधि
नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसीपको उपाधि
Janhvi Kapoor visits Tirupati Temple with family ahead of ‘Dhadak’ release!
Janhvi Kapoor visits Tirupati Temple with family ahead of ‘Dhadak’ release!
नेपालमा सेक्स टाेएका प्रयाेगकर्ता, नेता देखि कलाकार सबैले गर्छन् यसकाे प्रयाेग !
नेपालमा सेक्स टाेएका प्रयाेगकर्ता, नेता देखि कलाकार सबैले गर्छन् यसकाे प्रयाेग !
​गुन्डा नाइके लामामाथि अन्डरवल्र्डसँग मिलेको आरोप, परिवारलाई इन्काउन्टरको चिन्ता
​गुन्डा नाइके लामामाथि अन्डरवल्र्डसँग मिलेको आरोप, परिवारलाई इन्काउन्टरको चिन्ता
यी हुन् बलिउडका ७ सबैभन्दा महंगा आइटम गल्र्स
यी हुन् बलिउडका ७ सबैभन्दा महंगा आइटम गल्र्स