२४ घण्टामा ५८ हजार संक्रमित थपिए, अमेरिकामा मात्रै ३ लाख संक्रमित

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २४, २०७६
|
|
२२ पटक हेरिएको
Shares
२४ घण्टामा ५८ हजार संक्रमित थपिए, अमेरिकामा मात्रै ३ लाख संक्रमित

सारांश

  • कोरोना भाइरसले अहिलेसम्म (चैत २४, १:००बजे) ६८ हजार ४ सय १८ जनाको ज्यान लिएको छ ।
  • त्यसैगरि अहिलेसम्म कुल १२ लाख ६० हजारभन्दा बढि संक्रमित भएका छन् ।
  • संक्रमितमध्ये २ लाख ६० हजार निको भएका छन् ।

कोरोना भाइरसले अहिलेसम्म (चैत २४, १:००बजे) ६८ हजार ४ सय १८ जनाको ज्यान लिएको छ । त्यसैगरि अहिलेसम्म कुल १२ लाख ६० हजारभन्दा बढि संक्रमित भएका छन् । संक्रमितमध्ये २ लाख ६० हजार निको भएका छन् । तर उपचाररत ९ लाख ३१ हजारमध्ये करिब ४६ हजारको अवस्था गम्भीर छ ।

सबैभन्दा बढि संक्रमण फैलिएको अमेरिकामा कुल संक्रमितको संख्या ३ लाख ३० हजार पुगेको छ । त्यस्तै एकदिनमै अमेरिकामा १८ हजार जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने आइतबार मात्रै ९ सय ९१ जनाको मृत्यु भएको छ ।

अमेरिकामा अहिलेसम्म संक्रमणका कारण मृत्यु हुनेको कुुुल संख्या ९ हजार ४ सय ४३ पुगेको छ । त्यस्तै फ्रान्समा संक्रमित हुनेको कूल संख्या ९० हजार पुगेको छ । मर्नेको संख्या ७ हजार ५ सय ६० पुगेको छ ।

सबैभन्दा धेरै मृत्यु इटलीमा भएको छ । इटालीमा एकैदिन ५ सय २५ जनाको मृत्यु भएको छ भने कूल मृतकको संख्या १५ हजार ८ सय ८७ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १ लाख २९ हजार पुगेको छ । उता स्पेनमा एकैदिन ४ सय ७१ जनाको मृत्यु भएको छ ।

यो सहित स्पेनमा मर्नेे संख्या १२ हजार ४ सय १८ पुगेको छ । त्यसैगरि चीनमा मर्नेको संख्या ३ हजार २ सय २९ पुगेको छ । नियन्त्रणमा आइसकेको भनिए पनि चीनमा ३० जना नयाँ संक्रमित भेटिए भने ३ जनाको मृत्यु भएको छ ।

बेलायतमा पनि कोरोना तीब्र गतिमा फैलिएको छ । आइतबार त्यहाँ ६ सय २१ जनाको मृत्यु भयो भने ६ हजार नयाँ संक्रमित भेटिए । त्यहाँ कुल संक्रमितको संख्या ४८ हजार पुग्न लागेको छ भने ४ हजार ९ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

चीनमा अहिले पनि १३ सय ७६ जनाको उपचार भइरहेको छ । त्यहाँ कुल संक्रमितको संख्या ८१ हजार ६ सय ६९ हो । छिमेकी मुलुक भारतमा अहिलेसम्म ३ हजार ५ सय ८८ जना संक्रमित छन् भने ९९ जनाको मृत्युु भइसकेको छ । यो भाइरस विश्वका २ सय ८ देशमा फैलिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?