७९ एसपीको सरुवा, आईजीपीको सचिवालयमा को?(सुचिसहित)
सारांश
- काठमाडौं, २३ वैशाख ।
- नेपाल प्रहरीले ७९ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।
- प्रहरी प्रधान कार्यालयले बढुवा समितिको सिफारिसमा एसपीहरुको सरुवा गरेको हो ।
काठमाडौं, २३ वैशाख । नेपाल प्रहरीले ७९ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले बढुवा समितिको सिफारिसमा एसपीहरुको सरुवा गरेको हो ।
जस अनुसार कास्कीका प्रहरी प्रमुख अशोक सिंह महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा ल्याइएका छन् । कैलालीका प्रहरी प्रमुख अर्जुन चन्द ठकुरी प्रहरी प्रधान कार्यालयको युएन जगेडा शाखामा सरुवा भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयमा रहेका दानबहादुर कार्की प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षको सचिवालयमा सरुवा भएका छन् । पर्साका प्रहरी प्रमुख डा। गणेश रेग्मी महानगरीय प्रहरी पहरा गण सामाखुशी सरुवा भएका छन् । त्यहाँ ट्राफिक प्रहरी महाशाखाका एसपी रेवती ढकाललाई पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिल्लीराज विष्ट सरुवा भएका छन् । मकवानपुरका प्रहरी प्रमुख विकासराज खनाल सुन तस्करीमा संलग्नताको अभियोगमा निलम्बित छन् । उनलाई प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासी सरुवा गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा रहेका जीवन श्रेष्ठ जिल्ला प्रहरी कार्यालय सिरहामा सरुवा भएका छन् ।
हेर्नुस् सरुवाको सूची 

प्रतिक्रिया