नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत यी हुन अव बन्ने प्रस्तावित विभागहरू

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत यी हुन अव बन्ने प्रस्तावित विभागहरू

सारांश

  • काठमाडौँ, १७ असार ।
  •   नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत ३२ वटा विभाग राख्ने प्रस्ताव पेस भएको छ ।
  • विधानको धारा– ३३ बमोजिम पार्टीको केन्द्र, प्रदेश तथा स्थानीय विभागहरू रहने उल्लेख गरिएको छ।

काठमाडौँ, १७ असार ।  नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत ३२ वटा विभाग राख्ने प्रस्ताव पेस भएको छ ।

विधानको धारा– ३३ बमोजिम पार्टीको केन्द्र, प्रदेश तथा स्थानीय विभागहरू रहने उल्लेख गरिएको छ।

पार्टी स्थायी समिति सदस्यहरूलाई सुझाव पेस गर्न दिएको नियमावली मस्यौदामा   तत्कालीन एमालेले अभ्यास गरेको ढाँचा अनुसार विभागहरू बन्ने देखिएको छ । दुवै पार्टी मिल्नु अघि एमालेमा ३३ वटा विभाग रहेका थिए । हाल पुराना दुवै पार्टीका नाम मिल्दो जल्दो पारेर ३२ वटा तयार पारिएको छ ।

प्रस्तावित अन्य ३२ विभागहरू अधिकांश नेपाल सरकारका मन्त्रालयहरूसँग सम्बन्धित छन् । विषयगत मन्त्रालयहरूसँग सम्बन्धित विभागमा प्रमुख, उपप्रमुख, सचिव र ३५ सदस्य रहने प्रस्ताव गरिएको छ । प्रमुख र उपप्रमुख केन्द्रीय कमिटीबाट हुनेछन् भने सचिव सदस्यहरूबाट निर्वाचित हुने व्यवथा अपनाइएको छ । ३५ सदस्य विभाग बन्ने उल्लेख भए ता पनि अधिकाम्सले यसलाई बढाउनु पर्ने सुझाव पेस गरेको बुझिएको छ ।

पार्टी एकिकरण पश्चात् धेरै कमरेडहरू जिम्मेवार विहीन नहुनुहोस भनेर यो सङ्ख्या बढाउन पर्ने बहस भई रहेको एक नेताले जानकारी दिएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली चिन भ्रमण र अर्का अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड सिङगापुर रहेका कारण बस्न नसकेको स्थायी कमिटी बैठक चाडै बसी विधान र नियमावली सार्वजनिक गर्ने तयारी रहेको नेकपाले जनाएको छ ।

यी हुन अव बन्ने प्रस्तावित विभागहरू
१. अर्थ तथा योजना विभाग
२. उद्योग तथा वाणिज्य विभाग
३. उपभोक्ता हित, आपूर्ति तथा सुशासन विभाग
४. कृषि तथा भूमिसुधार विभाग
५. कोष तथा आर्थिक व्यवस्थापन विभाग
६. खाने पानी तथा सरसफाइ विभाग
७. जलश्रोत, सिँचाइ तथा ऊर्जा विभाग
८. निर्वाचन विभाग
९. न्याय, कानुन तथा मानव अधिकार विभाग
१०. पर्यटन प्रबर्द्धन तथा नागरिक उड्डयन विभाग
११. प्रचार तथा प्रकाशन विभाग
१२. प्रादेशिक मामला विभाग
१३. पार्टी स्कुल विभाग
१४. पुस्तकालय तथा अभिलेख विभाग
१५. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग
१६. युवा तथा खेलकुद विभाग
१७. राजकीय मामला विभाग
१८. राष्ट्रिय हित प्रबर्द्धन विभाग
१९. वन तथा वातावरण विभाग
२०. विज्ञान तथा प्रविधि विभाग
२१. वैदेशिक मामला विभाग
२२. शिक्षा तथा मानवस्रोत विभाग
२३. श्रम तथा रोजगार विभाग
२४. सब्गठन विभाग
२५. सब्घीय संसदीय विभाग
२६. समाज कल्याण विभाग
२७. सहकारी तथा गरिबी निवारण विभाग
२८. सहरी विकास विभाग
२९. सामान्य प्रशासन विभाग
३०. साहित्य, कला तथा संस्कृति विभाग
३१. स्थानीय तह विभाग
३२. स्वास्थ्य तथा जनसब्ख्या विभाग

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?